Logo

बिपी चोकमा उच्च प्रविधिको बत्ती जडान



Spread the love

२५ असोज, नेपालगञ्ज – नेपालगञ्जको बिपी चोकमा उच्च प्रविधिको बिजुली बत्ती (हाइमास्ट) जडान गरिएको छ ।

सोह्र मिटर उचाइको खिया नलाग्ने फलामे पोलमा जडित आठ वटा बत्ती एक साथ झलमल बालिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले हाइमास्ट निर्माण उपभोक्ता समितिमार्फत सो बत्ती जडान गरेको हो । नेपालमै पहिलोपटक यती उज्यालो र शक्तिशाली हाइमास्ट जोडिएको हो ।

साँझपख आफैँ बल्ने र बिहान आफैँ निभ्ने स्वचालित हाइमास्टको नगर प्रमुख डा धवल शमशेर राणा र उपप्रमुख उमा थापमगरले बत्ती बालेर शुभारम्भ गरे ।

त्यस अवसरमा नगर प्रमुख राणाले हाइमास्टको सफल प्रयोगपछि थप क्षेत्रमा समेत बत्ती जडान गर्न सकिने विश्वास दिलाए । क्रम्टन कम्पनीको सो बत्ती जडानमा करीब रु १४ लाख लागेको उपभोक्ता समितिका अध्यक्ष निजामुद्धिन सिद्धिकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्