Logo

१३ वर्षीया बालिकाको सामुहिक बलात्कार



Spread the love

२६ असोज, मोरङ – पथरीशनिश्चरे नगरपालिका कक्षा ६ मा अध्ययनरत १३ वर्षीया बालिकाको सामुहिक बलात्कार भएको छ । साथीको जन्मदिन मनाउन  घरबाट निस्किएकी ति बालिका राति अवेरसम्म नफर्किएपछि खोजी गरिदिन आग्रह गर्दै प्रहरीमा खबर गरिएको थियो ।

जन्मदिन मनाउन भन्दै साथीले मंगलबार दिउँसो ति बालिकालाई वस्तीभन्दा टाढा जंगलमा रहेको मन्दिरसम्म लगेकी थिइन् । मन्दिर अगाडि लगेर रातभर बलात्कार गरिएको पिडित बालिकाले दिएको जाहेरीमा उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङका डिएसपी निशान थापाले जानकारी दिएका छन् ।

एक्कासि भोलिपल्ट बिहान ५ बजे उनी घर नजिकै बिछिप्त अवस्थामा भेटिएकी थिइन् । ति बालिकाको मेडिकल परीक्षण भईरहेको प्रहरीले जनाएको छ । बलात्कार आरोपमा प्रहरीले पीडितकी साथी १५ वर्षीया अर्की बालिकासहित पथरी शनिश्चरे–१ का २२ वर्षीय मनोज राई र वडा नम्बर ९ का २३ वर्षीय राजकुमार माझीलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्