Logo

आतङ्कवादी



Spread the love

सौरभ नूतन

पशुपक्षी काटेर उत्सव मनाउने पनि छन्
मान्छे काटेर औधी रमाउने पनि छन् ।

पशुपक्षी काट्नेहरू
मान्छे काट्नेहरूलाई आतङ्कवादी भन्छन्,
मान्छे काट्नेहरूले
पशुपक्षी काट्नेहरूलाई आतङ्कवादी भन्न पाउने कि नपाउने?

रुखहरू पनि त काट्छन् मान्छेहरू
उनीहरूलाई चाहिँ के भन्ने?

सियो चोरे पनि चोर रे!
तरबार चोरे पनि चोर रे!
त्यसो भए
मान्छे काट्ने मात्र आतङ्कवादी किन हो?
पशुपक्षी काट्ने आतङ्कवादी किन होइन?
रुख काट्ने आतङ्कवादी किन होइन?

मान्छेहरूले मान्छे काट्ने मान्छेलाई आतङ्कवादी भन्न पाउँछन्
रुखहरूले रुख काट्ने मान्छेलाई आतङ्कवादी भन्न पाउने कि नपाउने?

मान्छे मार्ने मात्र आतङ्कवादी हुँदैन
जीवित वस्तुमध्ये जे मार्ने पनि आतङ्कवादी हो ।

 

प्रतिक्रिया दिनुहोस्