Logo

५१ बर्षका भए बलिउड सुपरस्टार सलमान खान..



Spread the love

skbday                आज बलीउडका सुपरस्टार सलमान खानको ५१ औं जन्मदिन हो, सलमान खानको पुरा नाम अब्दुल रशिद सलिम सलमान खान हो । । २७ दिसम्बर १९६५ मा जन्मिएका सलमानले आफ्नो फिल्मी करियर सन १९८८ मा चलचित्र “बीवी हो तो ऐसी”बाट सुरु गरेका थिए । सलमानलाई पहिलो ठूलो व्यावसायिक सफलता भने १९८९ मा रिलिज भएको “मैंने प्यार किया “बाट मिल्यो, जसबाट उनले फिल्मफेयर सर्वश्रेष्ठ नवीन पुरूष अभिनेता पुरस्कार हात पारे । त्यसपछि त उनले आफ्नो करियर पछाडी फर्किएर कहिले हेर्नु नै परेन ।

अहिले उनको स्टारडमको बलीउडमा मात्रै होइन हलिउडमा समेत उत्तिकै चर्चा हुने गर्दछ । त्यसो त उनका प्रशंसक र फ्यानहरु बिश्वभर बढ्दो छ । उनलाई पछ्याउने कलाकार र फ्यानहरु थुप्रै छन् जसका कारण पनि सलमान चर्चाको चुचुरोमा पुग्न सफल भएका हुन् ।सुपरस्टार सलमान खानको क्रेज त्यसै बढेका भने पक्कै होइनन । उनको ब्रान्डीङ्का पछाडि उनले गरेका विभिन्न क्रियाकलाप र उनको जीवन संघर्षले ठूलो भूमिका निभाएको छ । बाहिरबाट नियाल्दा उनको जुन व्यक्तित्व छ, उनको भित्रि रहस्य पनि त्यतिकै गर्बलायक छ । रिललाइफमा मात्रै होइन रियल लाइफमा पनि उनको संघर्ष र योगदान उतिक्कै प्रशंसनीय छ ।

7ca9f170408264a635ed2c4756a5bdacaa                     सन २००४ मा युएसएको पिपुल म्यागेजिनमा सलमानलाई ‘बेस्ट लुकिंग म्यान इन दी वर्ल्ड’ को सुचीमा सातौ र भारतबाट पहिलो स्थान मिल्यो ।हिमेश रेशामिया, साजिद वाजिद, संजय लीला भंसाली, जैकलीन फर्नाडीज, सोनाक्षी सिन्हा जस्ता स्टारलाई बलिउडमा सलमान खानले नै भित्र्याएका हुन् । त्यस्तै खानका धेरै नजिक र राम्रा साथी हुन् संजय दत्त।

ट्वीटरमा सलमान खानका ४२ करोड फ्यान छन, त्यस्तै ३३ करोड करोड ४१ लाख बढी फेसबुक ‘लाइक’ छन । उनको १० फिल्मले लगातार १ सय करोड रुपैयाँ बढी कमाइ गरेको छ ।फिल्म उद्योगमा सलमान एक्लै यस्ता अभिनेता हुन् जसको लगातार १० फिल्म (दबंग, रेडी, बडीगार्ड, एक था टाइगर, दबंग-२, वान्टेड, बजरंगी भाईजान, किक, सुल्तान, प्रेम रतन धन पायो) ले १०० करोड भन्दा बढी कमाइ गरेको छ ।
सलमानले ‘बीइंग हुमन’ नामक एक गैरसरकारी संस्था चलाएका छन् जसले बच्चा र गरिबलाई सहयोग गर्दछ । सलमान खान आजबाट ५१ औं बर्षमा लागेपनि उनी हालसम्म भने अविवाहित नै छन् । बेला बखतमा विभिन्न यूवतीहरुसँग उनको नाम जोडिने गरेपनि उनी अझै केही बर्ष विवाह नगर्ने तयारीमा रहेको बताइएको छ । उनको अर्को बर्ष अर्थात २०१७ को ईदमा “ट्यूबलाइट”नामक चलचित्र प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्