Logo

झण्डै पाँच करोड फेसबुक प्रयोगकर्ताको डाटा ह्याक



Spread the love

सामाजिक सञ्जाल फेसबुकले शुक्रबार आफ्ना प्रयोगकर्तालाई आश्चर्यमा पार्नेगरी ठूलो खुलासा गरेको छ । फेसबुकको डाटा फेरि पनि चोरी भएको छ । ह्याकरले ‘भ्यू एज’ फिचरमा हमला गरी झण्डै ५ करोड प्रयोगकर्ताको डाटा चोरी गरेको फेसबुकले बताएको छ । ‘भ्यू एज’ फिचरमार्फत युजर अकाण्टमा छिरेर डाटा चोरी गरेको फेसबुकले बताएको हो ।


कम्पनीले एउटा सूचना सार्वजनिक गर्दै ह्याकरहरुले फेसबुकको प्रविधिमा भएको त्रुटिको फाइदा उठाएको जनाएको छ ।‘भ्यू एज’ फिचरमार्फत नै कुनै पनि फेसबुक प्रयोगकर्ताको प्रोफाइल हेर्न सकिन्छ । डाटा चोरी भएको घटना सार्वजनिक भएपछि यो फिचरलाई अहिले डिसएबल गरिएको छ ।

फेसबुकका प्रोडक्ट म्यानेजमेन्टका उपप्रमुख गाई रोजनले यसको आन्तरिक जाँच भइरहेको बताएका छन् । उनले आफ्नो ब्लगमा लेखेका छन्, ‘२५ सेप्टेम्बर दिउँसो हाम्रो इन्जिनियरिङ टिमलाई ह्याक भएको जानकारी भयो । त्यतिबेलासम्म ५ करोड प्रयोगकर्ताको डाटा चोरी भइसकेको थियो । हामीले यसलाई गम्भीरतापूर्वक लिएका छौं ।’

फेसबुकका अनुसार भ्यू एज फिचरमार्फत् ह्याकर भित्र घुस्न सफल भएको थियो । यसमार्फत् फेसबुकको एक्सिस टोकन चोरी गरी युजर अकाउण्टलाई उनीहरूले केहीबेरसम्म आफ्नो कन्ट्रोलमा राखे । एक्सेस टोकन डिजिटल की हो । फोनमा एक पटक एप्लिकेशन डाइनलोड गरेपछि उसले केबल एक पटक मात्र पासवर्ड माग्छ र प्रयोगकर्ताले आफ्नो पासवर्ड राखेपछि आफ्नो अनुकूल प्रयोग गर्न सक्दछ । एक्सिस टोकनमार्फत लगइन गरेपछि पटक पटक पासवर्ड माग्दैन । ह्याकरले यसैको फाइदा उठाए ।

निजी कम्प्युटर वा ल्यापटपमा पनि धेरै व्यक्तिले फेसबुक लगइन गरेपछि फेरि लगआउट गर्दैनन् । प्रयोगकर्ताको यही गल्तीबाट ह्याकरले डाटा चोर्न सफल भए । फेसबुकका सीईओ मार्क जुकरबर्गले पनि यो समस्याको समाधान भैसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्