Logo

जनताले गुणस्तरीय खानेपानी पाउनुपर्छ : सभामुख महरा



Spread the love

२७ असोज, तुलसीपुर – सभामुख कृष्णबहादुर महराले खानेपानी संस्थाले जनतालाई स्वच्छ र गुणस्तरीय खानेपानी वितरण गर्नुपर्ने बताएका छन् ।

अमृतपुर खानेपानी तथा उपभोक्ता तथा सरसफाइ संस्थाको १२औँ वार्षिक साधारणसभा तथा रजतजयन्ती कार्यक्रमलाई आज संबोधन गर्दै सभामुख महराले खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकता जनताले पाउनुपर्ने बताए ।

“सरकारले ‘एक घर, एक धारा’को नीतिलाई अगाडि सारेको छ, सोही नीतिअनुरुप घर घरमा खानेपानी पुर्याउनेतर्फ खानेपानी संस्था लाग्नुपर्छ”, सभामुख महराले भने । उनले अमृतपुर खानेपानीले अगाडि सारेको सहलगानी कोष स्वीकृत भएकोसमेत बताए ।

उनले पछिल्लो समयमा विभिन्न कारणले खानेपानीको मुहान सुक्दै गएको भन्दै पानीका मुहान संरक्षणमा ठोस कदम चाल्नुपर्ने बताए । सभामुख महाराले, “अहिले विभिन्न कारणले दाङमा खानेपानीका मुहान सुक्दै गएका छन् खानेपानीको स्थायी विकल्पका लागि सबै एक भएर योजना बनाउनुहोस् ।”

प्रतिक्रिया दिनुहोस्