Logo

बालक हत्यामा संलग्न सार्वजनिक



Spread the love

२८ असोज, कलैया – बाराको सिम्रौनगढ–३ नयका टोलका एक बालकको अपहरणपछि हत्या गर्ने दुई जनालाई आज बारा प्रहरीले सार्वजनिक गरेको छ ।
बानेश्वर रायका छ वर्षीय छोरा गोलु भनिने दीपक यादवको हत्यामा संलग्न सिम्रौनगढ नगरपालिका–३ का हरेन्द्र कुशवाहा र सोही वडा बस्ने श्याम बैठालाई प्रहरीले सार्वजनिक गरेको हो ।

यही असोज २४ गते हराएका बालकको शव शनिबार राति बाँसघारीमा मारेर फालिएको अवस्थामा भेटिएको प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिए ।

अभियुक्त दुवैले मृतकका बुबासँग एक महिना अगाडि रु २ लाख माग गरेका थिए । पैसा नदिएपछि अभियुक्ते बालकको हत्या गरेको स्वीकार गरिसकेको प्रवक्ता राठौरले जानकारी दिए । उनीहरुले बालकलाई हातखुट्टा र मुख बाँधी धानको खेतमा राखेको र असोज २५ गते घाँटी थिची हत्या गरी जङ्गलमा फालेको अवस्थामा शनिबार शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्