Logo

म्याटिस रक्षमन्त्रीबाट ‘बिदा हुन सक्ने’: ट्रम्प



Spread the love

२८ असोज, वासिङ्टन – अमेरिकी रक्षामन्त्री जिम म्याटिसलाई ‘डिमोक्र्याट जस्तो’ भन्दै उनलाई बिदा उक्त जिम्मेवारीबाट बिदा दिन सकिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार प्रकाशित एक अन्तर्वार्तामा बताएका छन् ।

म्याटिसलाई राष्ट्रपति ट्रम्पको मन्त्रीपरिषद्को केही स्थिर तथा स्वतन्त्र सदस्यहरूमध्ये एक सदस्यका रूपमा लिने गरिन्थ्यो । अमेरिकी पत्रिका सीबीएसलाई दिएको के राष्ट्रपति म्याटिसलाई बिदा गर्न चाहेका छन् भन्ने करिब ६० मिनेट लामो अन्तर्वार्तामा उनलाई बिदा दिइनसक्ने सम्भावना पनि रहेको उनले भने । अमेरिकी राष्ट्रपति ट्रम्पले थपे, “मेरो विचारमा उनी डेमोक्रेटजस्ता छन् त्यसैले उनले बिदा लिन पनि सक्छन्।”

“यद्यपि जनरल म्याटिस असल व्यक्ति हो । हामी सँगसँगै र राम्रो सम्बन्धका साथ काम ग¥यौँ । उहाँले छोड्न सक्नुहुन्छ । मतलव कुनै विन्दुमा सबैले छाड्नुपर्छ ।”

आफुले अवकाश प्राप्त जनरल म्याटिसलाई दुई दिन पहिले भेटेको बताउँदै उक्त अवसरमा भने उनलाई बिदा दिने बिषयमा कुनै कुराकानी नभएको ट्रम्पको टिप्पणी थियो ।

ट्रम्पले संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतबाट निक्की हेलीको राजिनामापछि आफ्नो मन्त्रीमण्डलमा केही परिवर्तन गर्न चाहेको बताएका थिए ।

उनले भने, “मैले परिवर्तन चाहन्छु । यो मेरो अधिकारको कुरा पनि हो । मसँग अहिले धेरै असाधारण व्यक्तिहरू प्रशासनमा आउन आतुर छन् । उनीहरूले अमेरिकी नागरिकको हितमा असाधारण काम गरेर देखाउने छन् ।”

“हामीसँग मन्त्रीमण्डलका उत्कृष्ट सदस्यहरू छन् तर केहीको कामप्रति म खुसी छैन उनीहरूको सट्टामा अन्य राम्रा व्यक्तिले मौका पाउन सक्छन् ।”

प्रतिक्रिया दिनुहोस्