Logo

गुल्मिको सिमलटारिमा मकै जोन फिल्ड कार्यलायको उद्घाटन कार्यक्रम सम्पन्न



Spread the love

सिमलटारी, गुल्मी ।
असोज, २८, २०७५ ।
गुल्मिको मालिका गापा वडा न. ८ मा पर्ने सिमलटरीमा परियोजना कार्यन्वयन इकाई , (मकै जोन) को कार्यलाय स्थापना गरिएको छ । सरकारले कृषि विकास मन्त्रालयमा पर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत यस्ता कृषि उत्पादन, खाद्यान्न विशिष्टिकरण , प्रशोधन एवं बजारिकरण कार्यक्रम देशैभरी संचालन गर्दै आएको छ । यो परियोजना सरकारको २० वर्षे रणनीति हो ।

कार्यलयको उद्घाटन, कार्यक्रमका प्रमुख अतिथि एवं कृषि तथा पशु पन्छी विकास मन्त्रालयका सचिव डा. युवक ध्वज जि.सिले गरेका थिए । मकै जोनका संजोजक कृष्ण प्रसाद घिमिरेको अध्यक्षता रहेको उक्त कार्यक्रममा अतिथीहरु मालिका गापाका प्रमुख रित बहादुर थापा, ईस्मा गापाका प्रमुख लक्ष्मण विष्ट, कृषि ज्ञान केन्द्र बाट चक्र पाणि पन्थी , कफि सुपर जोनका प्रमुख उमानाथ पन्थी , ईष्मा गापा कै उपप्रमुख विमला के.सि , तुल्सिराम भण्डारी, महेन्द्र भण्डारि, डम्बर ब. जि.सि, मालिका गापा वडा न. ८ का अध्यक्ष टीका ब. जि.सि लगायत भिभिन्न वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

गुल्मिको मकै जोन अन्तर्गत रेसुङ्गा, चौरासी, सिमलटारी देखि लिएर प्युठानको सौतामारे सम्म यसले काम गर्ने मकै जोन सिमलटारिका एक कर्मचारी जेधुराम घिमिरेले जानकारी दिए । मकै जोनको मुख्य उद्देश्य कृषिलाई आधुनिकीकरण गर्ने, आधुनिक औजारहरुको पर्योग गरेर उत्पादन बढाउने रहेको उनले बताए ।

कार्यक्रममा मालिका गापाका प्रमुख रित बहादुर थामा र ईस्मा गापाका प्रमुख लक्ष्मण विष्टले उत्पादनको आधारमा कृषकरुलाई अनुदान दिने कार्यक्रम गापाले ल्याएको हुदा यस बाट कृषकहरुले भरपुर फाईदा लिन सक्ने बताए ।

सोही कर्यक्रममै भिभिन्न वडाका कृषि समुहहरुलाई औजार उपकरणहरु समेत वितरण समेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं कृषि तथा पशी पन्छी विकास मन्त्रालयका सचिव डा. युवक ध्वज जि.सि द्वारा जिल्लाका १२ वटा समुहहरुलाई औजार उपकरणहरु हस्तान्तरण गरिएको थियो । औजार उपकरण पाउने समुहहरुमा पुर्णविश्वास सहकारी संस्था लि., राताडाँडा बहुउद्देश्यीय कृषक समूह, फुलबारि महिला खाद्यान्न बाली कृषक समूह, जालपा तरकारी उत्पादक महिला कृषक समूह, हरियाली तरकारी उत्पादन कृषक समूह, आलु उत्पादन कृषक समूह, अमरपुर बहुउद्देश्यीय कृषक समूह, श्रीजन्शिल बहुउद्देश्यीय कृषक समूह, नव प्रगतिशिल कृषक समूह, मालिका घरबगैंचा महिला कृषक समूह, धौलागिरी बहुउद्देश्यीय कृषक समूह र लालिगुरास फलफूल कृषक समूह रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी रहेका कृषि तथा पशु पन्छी विकास मन्त्रालयका सचिव डा. युवक ध्वज जि.सि ले नयाँ औजारहरु प्रयोग गरेर आधुनिकीकरण गर्न सकिन्छ भन्ने यस परियोजनाको मुख्य उद्देश्य रहेको स्पष्ट पारे ।
गुल्मी जिल्लामा यस्ता जोनहरुमा मकै जोन, सुन्तला जोन, कफी जोन सँगसँगै बाग्लुङ्ग जिल्लालाई समेत जोडेर आलु जोनको पनि अवधारणा अघि सारिएको सचिवले बताए ।

प्रतिक्रिया दिनुहोस्