Logo

म्यानमारमा त्रिपक्षीय शान्ति वार्ता



Spread the love

२९ असोज, म्यानमार  – म्यानमारको राजधानी नेपितमा सोमबार त्रिपक्षीय शान्ति वार्ता सुरु भएको छ ।

म्यानमारको सरकार, सेना र युद्ध विराम गरेको विद्रोही समूहकाबीचमा वार्ता सुरु भएको अधिकारीहरुले जनाएका छन् ।
वार्ता निरन्तर भएका तार्किक निश्कर्षमा पुग्ने अपेक्षा गरिएको समाचारमा जनाइएको छ ।

चार दिने वार्ताले विभिन्न चरणका छलफलहरूका आधारमा राजनीतिक रूपमा निकास दिने र मुलुक शान्ति प्रक्रियामा आउने अधिकारीहरूको विश्वास छ ।

वार्तामा म्यानमार सरकारकी परामर्शदाता आङ्साङ सुकी, प्रधान सेनापति सेन गेन मिन औङ हलाङ र विद्रोहीको तर्फबाट कायिन नेशनल युनियनका प्रमुख साव मुटु साए पोए सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्