Logo

बस दुर्घटनामा एकको मृत्यु, दर्जनाैँ घाइते



Spread the love

३० असोज, रामेछाप – काठमाडौँदेखि गाल्वातर्फ जादैँ गरेको बस खाँडादेवी–३ भीरपानीको सार्की पँधेरोमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

दशैँ मनाउन गाउँ फर्कदै गरेको बा ३ख ४६७५ नं को बस आज दिउँसो ३ बजेतिर दुर्घटना हुँदा १३ वर्षीया बालिकाको मृत्यु भएको हो । बालिकाको सनाखत भने हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शेख अदालतका अनुसार गाडी सडकबाट करीब ५० मिटर तल खसेको छ । घाइतेहरूको सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको भरोसा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । सो दुर्घटनामा १२ जना गम्भीर घाइते भएका छन् । विपरीत दिशाबाट आइरहेको गाडीलाई ठाउँ दिने क्रममा दुर्घटना भएको प्रहरीले आशङ्का गरेको छ ।

प्रतिक्रिया दिनुहोस्