Logo

विद्यालयलाई पठन सामग्री



Spread the love

३० असोज, नेपालगञ्ज – बाढी, भूकम्प, आगलागीलगायत विपद्को समयमा बालबालिकाको पठनपाठन अवरुद्ध नहोस् भन्ने उद्देश्यका साथ राप्तीसोनारी गाउँपालिकालाई २०४ थान पठन सामग्री उपलब्ध गराइएको छ ।

युरोपेली सङ्घ र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले बाँकेका अत्यधिक बाढी प्रभावित राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकामा सञ्चालन गरिएको विद्यालय सुरक्षा कार्यक्रमअन्तर्गत सो सामग्री उपलब्ध गराएको हो । गाउँपालिकाका सूचना अधिकारी दीपलाल रानालाई क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी र वरिष्ठ उपाध्यक्ष सिराज खानले ती सामग्री हस्तान्तरण गरेका हुन् ।

बाढीको उच्च जोखिममा रहेका तीन गाउँपालिकाका ४० विद्यालयमा सञ्चालि त सो कार्यक्रमअन्तर्गत समुदायस्तरमा प्राथमिक उपचार र विपद् व्यवस्थापन तालीम प्रदान गरिनाका साथै सो योजनामा विपद्सम्बन्धी विषय समावेश गराइएको कार्यक्रम संयोजक दीपेन्द्र चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्