Logo

गुल्मी सिमलटारीमा एम्बुलेन्स सेवा सुचारु



Spread the love

सिमलटारी, गुल्मी ।
गुल्मीको सिमलटारीमा अब देखि एम्बुलेन्स सेवा संचालन हुने भएको छ ।

मालिका गापा वडा न. ८ मा रहेको मर्भुङ्ग स्वास्थ चौकीले अब देखि एम्बुलेन्स सेवा संचालन गर्न लागेको हो ।आज सिमलटारीमा एक कार्यकमका बीच विधिवत रुपमा एम्बुलेन्सको पुजा गरियो ।

 

४ वर्ष अघि सिमलटारी फ्रेन्डस क्लबका अध्यक्ष रोशन कुमार पौडेलको सक्रियतामा कोरिया गएका युवाहरू मार्फत एम्बुलेन्सको लागि रकम संकलन कार्य सुरुवात गरिएको थियो । सिमलटारी फ्रेन्डस क्लब द्वारा थालिएको एम्बुलेन्स रकम संकलन अभियानमा सिमलटारी बजार ब्यबस्थापन समिती, मालिका गापा र थुप्रै देश विदेशमा रहेका युवाहरुको सहयोग स्वरुप एम्बुलेन्स सिमलटारीमा असोज २८ गते आएको हो ।

पछिल्लो समयमा बनेको सिमलटारी एम्बुलेन्स अभियानको छुट्टै समिति छ । यहि समितिको द्रुत गतिको काम स्वरुप एम्बुलेन्स अभियान सफल भएको देखिन्छ । सिमलटारी फ्रेन्ड्स क्लबका अध्यक्ष रोशन कुमार पौडेल हाल कोरिया छन । उनकै पहलमा आज भन्दा ४ वर्ष अघि कोरिया गएका युवाहरुको जोसमा एम्बुलेन्स रकम संकलन अभियान सुरु भएको वर्तमान समितिका संयोजक रुद्र बहादुर के.सि सम्झन्छन ।

एम्बुलेन्स रकम संकलनको लागी मालिका गापा ले रु ३,००,००० ।- सिमलटारी बजार ब्यस्थापन समितीले रु १,५०,००० लगायत भर्भुङ्ग, तम्घास, बुटवल, काठमाडौं लगायत विदेशमा कामको शिलशिलामा गएका युवाहरुको सहयोगमा अहिले सम्म १५,२७,००० उठेको र अझै १,७०,००० उठाउना बाकी रहेको एम्बुलेन्स रकम संकलन समितिका अध्यक्ष रुद्र बहादुर के.सीले बताउनुभयो ।

मालिका गापाको वडा न. ८ मर्भुङ्ग लगायत आसपासका वडाहरुलाई एम्बुलेन्सले सेवा दिने, ईमर्जेन्सी अवस्थामा गाडी नपाइने अवस्थामा सदरमुकाम बाट गाडी मगाएर लैजाँदा सम्म विरामिको अकालमा ज्यान जाने अवस्था अब नहुने र प्रत्यक्ष अप्रत्यक्ष रुपमा मालिका गापाका सबै वडाहरुलाई यश बाट फाइदा हुने क्लवका भोजेन्द्र थापाले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्