Logo

दसैंं बिदामा घुम्न जाने सोचमा हुनुहुन्छ? यस्ता छन् घुम्न जाने स्थानहरु !



Spread the love

दशैंमा घुमफिरको मूडमा हुनुहुन्छ भने यो उपयुक्त मौसम पनि हो । देशभर घुम्ने गन्तव्य धेरै छन् । विदेशी पर्यटकको आकर्षणमा रहेका ठाउँ चर्चित भए पनि घुम्ने बानी र स्थलबारे नेपाली र विदेशीको रुचि भने केही फरक हुन्छ । त्यसमाथि नेपालीमाझ पछिल्लो समय घुम्ने संस्कृति गज्जबसँग मौलाएको पनि छ ।

नेपालीका निम्ति दशैं नै यस्तो अवसर हो, जसले घुम्न चाहनेहरुका लागि समेत उपयुक्त अवसर प्रदान गर्छ । किनभने कामकाजीहरुको लामो बिदा दशैंमा नै हुन्छ ।

लामो समय विदा मिलेकाहरुलाई देशका विभिन्न ठाउँमा घुरेर रमाइलो गर्ने अवसर हुन सक्छ यो पटकको दसैं । परिवार र साथी भाइसहित दसैं विदामा घुम्न चाहनेहरुका लागि यी  देशभित्रका गन्तव्यबारे तपाईंलाई जानकारी दिंदैछौं ।

१.नगरकोट

राजधानी काठमाडौंबाट ३२ किलोमिटरको दूरीमा रहेको सहजै पुग्न सकिने ठाउँ हो नगरकोट । यो ठाउँ सूर्योदयको रमणीय दृश्य हेर्नका लागि विश्वको उत्कृष्ट दश स्थानमध्येमा पर्छ । यति मात्र होइन, नगरकोटबाट लाङटाङ हिमशृंखला र अझ सफा मौसममा त सगरमाथा समेत अवलोकन गर्न सकिन्छ ।

२.कालिञ्चोेक

Kuri as seen from Kalinchowk

काठमाडौंबाट सवारी साधनमा सहजै जान सकिने अर्को मनमोहक ठाउँ दोलखाको कालिञ्चोक हो । प्रकृतिको हरियालीका साथै हिमाली दृश्य हेर्न पाइने भएकाले आन्तरिक पर्यटकले निकै रुचाउने गरेका छन् । कालिञ्चोक भगवतीको मन्दिर भएकाले यो ठाउँ धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । मन्दिर परिसरबाट लाङटाङ, रोलवालिङ हिमशृंखला देख्न सकिन्छ ।

चिसो मौसममा यस क्षेत्रमा हिउँ पर्ने भएकाले राजधानीवासी हिउँ खेल्नकै लागि समेत जाने गर्छन् ।

३. पोखरा

Image result for पोखरा

हिमाल, ताल, गुफा, छाँगा र साहसिक खेलहरु एकै स्थानमा भएको पोखरालाई पर्यटनको राजधानी नै मानिन्छ । विश्वको उत्कृष्ट पदयात्रा अन्नपूर्ण, पुनहिल, मुस्ताङ जाने प्रवेशद्वार पनि हो पोखरा ।

पोखरामा घुम्नका लागि तालबाराही मन्दिर, महेन्द्र गुफा, डेभिड फल्स, बेगनास ताल, विन्ध्यवासिनी मन्दिर, स्तुपा लगायत प्रशस्त ठाउँ छन् । यसका साथै पोखरा आसपासको ठाउँले पनि लोभ्याउँछन् ।

हिमाल राम्ररी हेर्ने हो भने अलि डाँडातिर उक्लनुपर्ने हुन्छ । अन्नपूर्ण, माछापुच्छ्रे हिमशृंखला हेर्न सराङकोट उपयुक्त ठाउँ हो । पोखराबाट एक घण्टामै पुग्न सकिने धम्पुसबाट पनि आँखै अगाडि माछापुच्छ्रे नियाल्न सकिन्छ । धम्पुस आफैंमा आकर्षक पर्यटकीय स्थल हुँदै हो ।

४. मुस्ताङ-मुक्तिनाथ

आन्तरिक पर्यटकहरुले जीवनमा एकचोटि घुम्नैपर्ने ठाउँको सूचीमा मुस्ताङको नाम छुटाउँदैनन् । ट्राभल गाइडबुकमा विश्वकै ख्यातिप्राप्त ‘लोन्ली प्लानेट’ ले पनि मुस्ताङलाई उत्कृष्ट गन्तव्यमा राखेको छ ।

हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथका रहेको यो ठाउँ प्राकृतिक सुन्दरताको खानी मानिन्छ ।

५.चितवन

जंगल सफारी, थारु संस्कृति अवलोकनका लागि चितवन निकै प्रख्यात छ । आकर्षणको केन्द्र चितवन राष्ट्रिय निकुञ्ज रहेको यो ठाउँमा खासगरी वाइल्ड लाइफमा रुचि हुनेहरु जाने गर्छन् । जंगल सफारीमा गैंडा र अन्य जनावर हेर्न सकिन्छ । चितवनमा सौराहा र मेघौली पनि घुम्न लायकका ठाउँ हुन् । मेघौलीमा सूर्योदयको दृश्य हेर्न र शान्त वातावरणमा होमस्टेको मज्जा लिन सकिन्छ ।

६. लुम्बिनी

Image result for lumbini

गौतम बुद्धको जन्मस्थल लुम्बिनीे बौद्धमार्गीका साथै शान्तिगामी स्वदेशी र विदेशी पर्यटकको मनमा बसेको ठाउँ हो । बौद्ध दर्शन अध्ययन-अनुसन्धान गर्नेहरुका लागि पनि लुम्बिनी महत्वपूर्ण स्थल हो ।

लुम्बिनीको मुख्य आकर्षण केन्द्रविन्दु मायादेवी मन्दिर हो । मन्दिर परिसरमा अशोक स्तम्भ र पवित्र पोखरीले आकर्षण थपेका छन् ।

मायादेवी मन्दिरमा बुद्धको जन्मदृश्य सहितको प्राचीन मायादेवी मूर्ति रहेको छ । मन्दिरभित्र ईसापूर्व पाँचौं शताब्दीदेखि सातौं शताब्दीसम्मका भग्नावशेष अवलोकन गर्नु जोकोहीको लागि दुर्लभ अवसर हुन सक्छ ।

७. बर्दिया

तराईको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज रहेको बर्दिया थारु संस्कृतिका हिसाबले पनि प्रख्यात छ । नौ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज खासगरी बाघ हेर्नका लागि कहलिएको छ । निकुञ्ज क्षेत्रमा ५४ प्रजातिका स्तनधारी, चार सय प्रजातिका चराचुरुंगी, २५ प्रजातिका घस्रने वन्यजन्तु र ६० भन्दा बढी प्रजातिका माछा पाइन्छ ।

८. रारा

Image result for रारा

मुगु जिल्लामा पर्ने देशकै सबैभन्दा ठूलो ताल तथा स्वच्छ पानी भएको तालको रुपमा रारा ताललाई लिइन्छ । पछिल्लो समय गाडीमार्फत जान सकिने भएकाले पर्यटकहरुलाई जान र आउन हवाई र गाडी जुनसुकै साधन प्रयोग गर्न सक्छन् । समुद्री सतहबाट दुई हजार ९ सय ९० मिटर उँचाइमा रहेको तालले घामको किरण अनुसार रङ फेरेको अद्भूत देखिन्छ । रारा तालको पूरै आकृति हेर्न मुर्मा टप उपयुक्त ठाउँ हो, जुन करिब ४ हजार मिटरको उँचाइमा छ । विदेशी पर्यटकको आगमन बढ्न नसके पनि रारामा आन्तरिक पर्यटक उल्लेख्य मात्रामा पुग्ने गर्छन् ।

पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउन हुन थालेको रारामा पर्यटकलाई जान सहज हुन थालेको छ । रारा जानको लागि फागुनदेखि जेठ मध्यसम्म र असोजदेखि मंसिरसम्म उपयुक्त हुनेछ ।

९. खप्तड

प्राकृतिक सुन्दरताको अनुपम उपहार हो खप्तड । डोटी, अछाम, बझाङ र बाजुराको संगम स्थलमा रहेको खप्तड क्षेत्रलाई सुदूरपश्चिमकै भूस्वर्ग पनि भनिन्छ । हिउँदमा हिउँले सेताम्मे हुने यो ठाउँ यतिबेला हरियालीले छपक्क हुन्छ । बैशाखदेखि असारसम्म यहाँका फाँटहरु रंगीचंगी फूलहरुले ढाकिन्छ । खप्तड क्षेत्रको मुख्य विशेषता भनेकै विशाल फाँटहरुमा फुल्ने फूलहरु हुन् । खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिव मन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगा जस्ता धार्मिक स्थलहरु छन् । ठूला-साना गरी २२ वटा फाँट पनि यहाँको आकर्षण हो ।

१०. इलाम

नेपालको पूर्वी क्षेत्रमा रहेको इलामको मुख्य आकर्षण भनेको चिया बगान हो । रमणीय स्थानमा रहेको बगानले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ ।इलाममा चिया बगानको साथै पिकनिक स्पट तथा साइट सिनको लागि आकर्षक स्थान छन् । इलाम जा असोज, कात्तिक, मंसिर तथा फागुन, चैत र वैशाख उपयुक्त मानिन्छ ।

११. जानकीधाम, जनकपुर 

Image result for जानकी धाम

धनुषाको यो सहर राजा जनक र उनकी पुत्री जानकीको भूमि हो । धार्मिक र सांस्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहर हो । काठमाडौंबाट ४ सय किलोमिटर दक्षण्िा पूर्वमा रहेको यो सहर बिस्तारै पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदैछ । यहाँस्थित राम-जानकीको मन्दिरको आफ्नै महत्त्व छ । यो मन्दिर सन् १९११ मा टिकमगढ (भारत) की राजकुमारी कुमारी वृषभानुले बनाएकी हुन् ।

१२. पाँचपोखरी, सिन्धुपाल्चोक

जुगल हिमालको फेदमा एकै ठाउँ पाँचवटा पोखरी ।सिन्धुपाल्चोक भोटाङमा अवस्थित समुद्री सतहबाट करीव ४ हजार ६० मिटरमा उचाइमा रहको छ यो ताल । नीलो आकाश र त्यसका बादलको प्रतिविम्बले पोखरीहरू आकर्षक देखिन्छन् ।

पाँचपोखरी ताल सुन्दरताका हिसाबले मात्रै नभएर धार्मिक हिसाबले पनि उत्तिकै प्रख्यात छ । जनै पूर्णिमाका दिन यो ताल आसपासमा ठुलो मेला लाग्ने गर्छ ।मेलम्ची बजारदेखि तीन दिनको पैदल यात्रा गरेपछि पाँचपोखरी पुग्न सकिन्छ ।

१३. पाथिभरा, ताप्लेजुङ 

मोरङको बेलबारीदेखि झन्डै ३ सय पचास किलोमिटर दूरीमा पाथिभरा पुगिन्छ । सुकेटारदेखि सानो फेदीसम्मको करिब १० किलोमिटर कच्ची र अप्ठयारो बाटोले केही समस्या हुन्छ । तर डाँडा पुगेपछि त्यहाँको पूजा सामग्री, हवन र धुपको गन्धले थकान मेटाइदिन्छ । टाकुरामा, खुला आकाशमुनि सौम्य मुद्रामा देवीको मूर्ति स्थापित छ ।

१४. भेडेटार 

Image result for भेडेटार 

पूर्वाञ्चलका उत्कृष्ट गन्तव्यमध्ये पर्छ धनकुटाको भेडेटार । १ हजार ४ सय ३० मिटर उचाइमा रहेको यो ठाउँ गर्मीबाट बच्नका लागि मात्र होइन, पूर्वी हिमाली भेगको सुन्दरता नियाल्नका लागि पनि हो । भेडेटारको भ्यू टावर यस्तो स्थान हो, जहाँबाट सप्तकोसीको मनोरम दृश्य, पूर्वी तराईका फाँटहरू साथै मकालु, कञ्चनजंघा, कुम्भकर्णजस्ता हिमशंृखला एकैपटक हेर्न सकिन्छ । धरानबाट १६ किलोमिटर उत्तरमा छ भेडेटार ।

१५. चिसापानी र ठाकुरद्वारा

Image result for चिसापानी

चिसापानी कर्णाली नदीले पहाड छिचोलेर तराईमा निस्कने स्थान हो । अझ भनांै, सुन्दर सुदूरपश्चिमको मुख्य प्रवेशद्वार । यहाँ रहेको कणर्ालीको पुल एसियाकै दोस्रो नमुना पुल हो, जो एउटा पिलरमा अडेको छ । कर्णालीको माछा र पुल यहाँको मुख्य विशेषता हुन् । सबैभन्दा बढी जंगली हात्ती, दुर्लभ पाटेबाघ, विश्वकै दुर्लभ एकसिङ्गे गैंडा, कृष्णसार र हजारौंको सड्ख्यामा चित्तल भएको बर्दिया राष्ट्रिय निकुन्ज यसको नजिकै छ । नेपालगन्जबाट ८५ किलोमिटर पर्ने अम्वसाबाट १२ किलोमिटर दक्षिणतर्फ यात्रा गरेपछि निकुन्ज पुग्न सकिन्छ ।

१६. पाल्पा

Image result for पाल्पा

तानसेनको श्रीनगर डाँडा र १ सय १३ वर्ष पुरानो रानीमहलकै कारण यो पाल्पालाई पहाडकी रानी भनिँदै आएको छ । मौसमका हिसाबले पाल्पा बाह्रै महिना सुन्दर मानिन्छ । कालीगण्डकी किनारामा रहेको रानीमहलले जो कोहीको मन लोभ्याउँछ ।

१७. बन्दीपुर 

Image result for बन्दीपुर 

नेवारी संस्कृतिको संग्रहालयका रूपमा चिनिने बन्दीपुर नेपालकै ठूलो गुफा (सिद्ध गुफा) भएको स्थान हो । यहाँ ‘प्याराग्लाइडिङ’ समेत सुरु भएको छ । बन्दीपुरबाट जुगल, लाङटाङ, गणेश, मनास्लु, हिमचुली, अन्नपूर्ण, धौलागिरी र कान्जिरोवा हिमाल देखिन्छन् । मध्यजेठदेखि मध्य-असारसम्म बन्दीपुर पुग्नेलाई बाटैभरि चौबीस जातिका सुनगाभाले स्वागत गर्छन् ।

१८. स्वर्गद्वारी

Image result for स्वर्गद्वारी

२ हजार १ सय २१ मिटर उचाइमा रहेको प्यूठानको स्वर्गद्वारीबाट तीनवटा हिमशंृखला देख्न सकिन्छ । स्वर्गद्वारी धार्मिक सम्पदा, इतिहास र प्राकृतिक सौन्दर्यको खानी हो । गर्मीबाट छुट्कारा पाउन पनि स्वर्गद्वारी पुग्न सकिन्छ, अन्य स्थानमा चर्को गर्मीले सताइरहँदा स्वर्गद्वारीको हावापानीले स्वर्गै पुगेजस्तो अनुभव गराउँछ ।

१९. गोसाइँकुण्ड

Image result for गोसाइँकुण्ड

रसुवामा एक सय ८ कुण्ड छन्, तीमध्ये निकै चर्चित छ गोसाइँकुण्ड । काठमाडौंको रानीपौवा हुँदै १ सय १८ किमि यात्रापछि रसुवाको धुन्चे र त्यहाँबाट लौरीविनायक-तेरपैलो-चोलाङपाटी हुँदै पुग्न सकिन्छ । समुद्र सतहबाट १४ हजार फिट उचाइमा रहेको गोसाइँकुण्डमा दसैं र जनैपूणिर्मामा मेला लाग्छ ।

२० . पुनहिल

अन्नपूर्ण आधारशिविर पुग्ने सपना धेरैको हुन्छ । तर साँच्चिकै सुन्दर स्थानको तस्बिर कैद गर्न पोखराबाट आधारशिविरतर्फको यात्रालाई पुनहिलको बाटोले जोड्नुपर्छ । पदयात्राका लागि पर्याप्त समय नहुनेहरू पुनहिल पुगेर मात्रै र्फकन सक्छन्, जसका लागि पाँच दिन लाग्छ । ३ हजार २ सय मिटर उचाइमा अवस्थित यस स्थानबाट अन्नपूर्ण, धौलागिरी, माछापुच्छे र नीलगिरीलगायत पन्ध्र हिमाल हेर्न सकिन्छ ।

२१. अन्नपूर्ण आधारशिविर

Image result for अन्नपूर्ण आधारशिविर

यो पदयात्रा लागि ७ देखि ११ दिनको समयमा व्यवसायीहरूले ‘आइटेनरी’ तयार पारेका हुन्छन् । ७ देखि ८ हजार मिटर उचाइका हिमालसँग नजिक ल्याउने पदयात्रा भएकाले यसलाई धेरैले मन पराउँछन् । सन् २०१३ मा १ लाख १३ हजार ५ सयजनाले अन्नपूर्ण आधारशिविर पदयात्रा गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्