Logo

क्याम्पसमा गोली प्रहार १९ को मृत्यु



Spread the love

युक्रेनको स्वायत्त क्षेत्र क्राइमियास्थित एक क्याम्पसका अन्धाधुन्ध गोली प्रहार हुँदा १९ जनाको मृत्यु भएको छ। क्राइमियाको क्रेर्च टेक्निकल कलेजमा अध्ययनरत १८ वर्षीय विद्यार्थी भ्यादिस्लाभ रोसल्याकोभले आफ्ना साथीहरुमाथि अन्धाधुन्ध गोली चलाएका हुन्।

उनले क्याम्पसको क्यान्टिन क्षेत्रबाट आक्रमण सुरु गरेका थिए। साथीहरुको हत्यापछि उनले पुस्तकालयमा पुगेर आफैंमाथि गोली प्रहार गरेर आत्महत्या गरेको रुसी अधिकारीहरुले जनाएका छन्। ती विद्यार्थीले आफ्नै सहपाठीमाथि किन गोली प्रहार गरे भन्ने खुलेको छैन्।

क्याम्पसमा भएको अन्धाधुन्ध गोली प्रहारसम्बन्धी घटनाको अनुसन्धान भइरहेको रुसी अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्