Logo

पुनरसंरचनाको प्रतिबेदन नबुझ्नु रहस्यमय छ : ज्वाला



Spread the love

15778346_1807656716114498_1696695673_o

ब्यबस्थापिका संसद अर्थ समितीका सभापती प्रकाश ज्वालाले प्रधानमन्त्री पुष्पकमल दाहालले आयोगले तयार पारेको पुनरसंरचनाको प्रतिबेदन नबुझ्नु रहस्यमय भएको बताए । उहाँले स्थानिय निकायको चुनाब गर्नका लागी स्थानिय तह पुनरसंरचना आयोगले तयार पारेको प्रतिबेदन प्रधानमन्त्रीले बुझ्न नमानेको बताउदैँ त्यस भित्र केही रहस्य भएको बताए ।

आज सल्यानको पहिलो नगरपालिका शारदा नगरपालिकाको चौँथो नगरपरिषद बाट पारित आर्थिक बर्ष २०७४/७५ का निती, कार्यक्रम तथा बजेट सार्बजनिकिकरण कार्यक्रमलाई सल्यानको खलंगामा सम्बोदन गदैँ उनले  यस्तो बताएका हुन् ।

नेकपा एमालेका पोटिब्यरो सदस्य तथा सल्यान क्षेत्र नंं २ सांसद समेत रहेका  ज्वालाले लामो समय खर्चेर स्थानिय तह पुनरसंरचना आयोगले बिभिन्न गाउँपालिका तथा नगरपालिकाको नयाँ खाका तयार पारेको बेला फेरी पुरानै संरचना अनुसार चुनाव गर्न खोज्नु देशको लागी दुर्भाग्यपूर्ण भएको तर्क गरे  ।

“देशको बिकासका लागी स्थानिय निकायको निर्बाचन अपरीहार्य छ” उनले भने  – “ बैशाख सम्ममा स्थानिय किायको निर्बाचन हुने गरी सरकारले अब छिट्टै निर्बाचनको मिती घोषण गर्छ ।” कार्यक्रमका प्रमुख अतिथी समेत रहेका  ज्वालाले पछिल्लो समयमा तीन राजनितिक दलहरु बिचमा संबाद भैरहेको बताउँदै अबको केही दिनमा नै सहमती हुने बिश्वास ब्यक्त गरे  ।

 

प्रतिक्रिया दिनुहोस्