Logo

नवदुर्गाको तान्त्रिक नृत्य शुरु



Spread the love

२ कात्तिक, भादगाउँ – तान्त्रिक नाच भनेर चिनिने भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको प्रारम्भिक नृत्य आजदेखि शुरु भएको छ ।

प्रत्येक वर्ष विजयादशमीका दिनदेखि नवदुर्गा नाचको प्रारम्भिक नृत्य शुरु गरिने नवदुर्गा मन्दिरका पूजारी जुलाल कर्माचार्यले जानकारी दिए ।

देवत्व सिद्धिका लागि प्रसिद्ध मानिएको तौलाछें टोलको झट्टाप्वा नासद्यःमा नवदुर्गाका मूल पूजारी आचाजुले देवगण हुने सम्बद्ध वनमालालाई तान्त्रिक विधिअनुरुप पूजा गरेपछि घंघला सिं ल ल्हायगु (घुँघुँरु हस्तान्तरण) गरेपछि नवदुर्गा नाचको प्रारम्भिक नृत्य शुरु भएको मानिन्छ ।

देवगणमा सम्बद्ध वनमालाहरुलाई सिद्धि थाप्ने विधानका क्रममा नवदुर्गा मन्दिरका पूजारी कर्माचार्यले तीन प्रमुख बाजा खिं बाजा, तःबाजा र काय“ बाजा तथा घ“घलाहरु नास द्यः अघितिर राखी तान्त्रिक विधिपूर्वक पूजा गर्ने प्रचलन रहेको मन्दिरका पूजारी कर्माचार्यले बताए ।

वनमालाहरुले नृत्य सिद्धिप्राप्तिपछि नास द्यःलाई भेडा बलि दिइन्छ । नास द्यःलाई भेडाको भोग बलि दिएपछि बाजा र घ“घला प्राप्ति गरेका वनमालाहरुले नास द्यः अघितिर बाजा बजाई नवदुर्गा नृत्य पहिलो प्रस्तुत गर्नुपर्ने प्रचलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्