Logo

गाउँमा पहिलो पटक गाडी पुग्दा पन्चेबाजा सहित स्वागत



Spread the love

15781021_691008884399150_2379487649211771871_n

सल्यान रुकुम यातायात व्यवसायी समिति सल्यानले बुधवार बागचौर देखि थारमारे, जिमालि हुँदै मर्मपरिकाडाको वडा न. १ फाल्नेटा बजार सम्म गाडी सञ्चालनमा ल्यायपछि स्थानीय बासिन्दाहरुमा खुसीयाली छाएको छ।

सासंद विकास कोष बाट १९ लाख, जिमाली , मर्मपरिकाडा गाविस, जिबिस र जनश्रमदान गरी जम्मा ६१ लाख बराबरको लगानीमा निर्माण गरिएको सडकमा पहिलो पटक मर्मपरिकाडा वडा न १. फाल्नेटा बजार सम्म सल्यान रुकुम यातायात व्यवसायी समितिका दुई वटा यात्रुबाहक जिप पुग्दा एक कार्यक्रमका बिच गाडी उद्घाटन गरिएको थियो ।

15781169_597428010446439_1593996410845214218_n

उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा सल्यान रुकुम यातायात व्यवसायी समितिका अध्यक्ष लोकमान बुढाथोकीले सल्यान जिल्लाको एउटा दुर्गम गा.बि.स मा थप यातायातको सेवा पुगेको बताएका छन् । जिमाली देखि मर्मपरिकाडाको १ नम्बर वडा सम्म सडकका केही भागहरुमा सागुरा घुम्ती भएको कारण गाडी सञ्चालन गर्न अफ्ट्यारो महसुस भएको भन्दै उक्त क्षेत्रका घुम्ती हरू सुधार गर्नु पर्ने बताएका छन् ।

15726705_691010027732369_1847224280613084428_n

सडक निर्माण कार्यमा बजेट बिनियोजन गर्दा राजनैतिक दलहरू र सरोकारवाला निकायहरूले गाउमुखी भन्दा शहरकेन्द्रित तरिकाले बजेट छुट्याउदा सल्यानका ग्रामीण सडक हरुको विकास हुन नसकेको र नेताहरूको पहुँचको आधारमा विकासको गुणस्तरीयत्ता कायम गरिने परिपाटीले सल्यान जिल्लाका अधिकाशं गाविस, नगरपालिका भित्रका सडक हरुको स्तरीयता जिर्ण बन्दै गएको समेत बुढाथोकीले जानकारी दिए।

15747363_597422290447011_4026233553666662212_n

दृर्घकालिन यातायात सेवा सञ्चालनको लागि आधारभूत मापदण्ड पुगेका सडकहरुको आवश्यकता पर्ने भएकाले सम्बन्धित निकायले यस तर्फ ध्यान दिन जरुरत रहेको समेत बुढाथोकीको भनाइ थियो । अध्यक्ष बुढाथोकीले सल्यान जिल्लामा यातायात सञ्चालन गर्न विभिन्न विषयहरू निकै चुनौती पूर्ण रहेकाले जिमाली मर्मपरिकाडा सम्म बाटोको अवस्था हेरी नियमित गाडी सञ्चालन गर्ने प्रतिबद्धता गरेका थिय भने उक्त क्षेत्रका जनता हरुको सहयोग साथ र सहकार्यको समेत आवश्यकत्ता रहने बताए ।

15747653_597421553780418_3663380748486096994_n

स्थानीय बुदिजिबी डिल्ली बहादुर बुढाथोकीको अध्यक्षता एवं झुपलाल रावतको स्वागत मन्तव्यबाट सुरु भयको गाडी उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य डिल्ली बहादुर जैसी (सगरमाथा ), नेपाली काङ्रेसका मर्मगाउँ कार्यसमितिका सभापति इन्द्रराज शर्मा, नेकपा एमालेका गुमान वलि, राप्रपाका कमारो पुन, जनमोर्चाका कुल बहादुर रावत, नेकपा माओवादी बिप्लब समूहका दिपक शाह र जङ्ग बहादुर चन्द,चौरपानी जिमाली,मर्मपरिकाडा सडक निर्माण समितिका अध्यक्ष तुलाराम बोहरा गाएतकाले मन्तव्य राखेका थिय ।

मर्मपरिकाडाको वडा न. १ सम्म सल्यान रुकुम यातायात व्यवसायी समितिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि लोकमान बुढाथोकीले रिबन काटेर गाडी उद्घाटन गरेका थिय । कार्यक्रममा  विभिन्न स्थानीय झाकीहरु समेत प्रसुत गरिएको थियो । समितिका अध्यक्ष, कर्मचारी, लु१ ज २९११ र लु१ज ३०४७ नम्बरका गाडी मालिक तथा चालक लगायतको टोलीलाई श्री महेन्द्र उ.मा.बि ठुलिजिमाली, श्री जनता नि.मा.बि स्यानिजिमाली, जिमाली १ पाट्कारेका, श्री भैरबी मा.बि मर्मपरिकाडा ४ राम्रीका बिद्याथिहरु,शिक्षकहरु  र स्थानीय बासिन्दाहरु अबिर फुलमालाले भब्यरुपमा पन्चेबाजा सहित स्वागत गरेको थियोे ।

जीवनमा कल्पना समेत नगरेको कुरो सडक निर्माण पछि आफ्नै घर आगनमा गाडी चलेको देख्दा आफूलाई सपना जस्तो पनि लाग्यो र अर्को जुनी फेरे जस्तो पनि भयो जिमाली १ पाटकारेका ८२ बर्शिया डण्डु डाँगीले खुसिसाट्दै भने ।

बाग्चौर देखि ३१ किलोमीटर दुरिमा रहेको मर्मपरिकाडा १ फाल्नेटा सम्म गाडी सञ्चालन गर्नले मर्मपरिकाडा, जिमालि गाविसका यात्रुहरुलाई सहज हुने भयकाले बागचौर देखि प्रत्येक दिन दिउँसो ३ बजे र मर्म देखि बागचौरका लागि बिहान ७ बजे गाडी छुटाइने सल्यान रुकुम यातायात व्यवसायी समिति सल्यानका डाइल इन्चार्ज शोभाकर थापा (सुनिल )ले जानकारी दिएका छन् ।

कार्यक्रममा सल्यान रुकुम यातायात व्यवसायी समितिका डाईल इन्चार्ज सोभाकर थापा, बागचौर शाखाका प्रमुख चित्र बहादुर राणा, पत्रकार पवन कुमार वलि, समितिका कर्मचारी विभिन्न राजनैतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, समाजसेवी, बुद्धिजीवी विभिन्न महिला तथा आमा समूह लगायत सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्