Logo

आमाले रगत दिँदा छोरीको ज्यान बच्यो



Spread the love

६ कात्तिक, हुम्ला – आफ्नी छोरीलाई आमाले रगत दिएर जीवन बचाएको छ ।

सिमकोट गाउँपालिका बुराउसे–४ का ४२ वर्षीया सर्जङ्गमु लामाले आफ्नी १६ वर्षीया छोरी सोनाम लामु लामालाई आज जिल्ला अस्पतालमा रगत दिएर जीवन बचाएको अस्पतालका अनमी सरिता बोहराले बताइन् ।

सोह्र वर्षीया लामाको शरीरमा चाहिनेभन्दा रगत कम भएको हुनाले एक पिन्ट अर्थात् ३५० मिलिलिटर रगत दिएको बोहराले बताइन् ।

महिलाको शरीरमा कम्तीमा पनि रगतको अनुपात १४ देखि १८ हुनुपर्ने जिल्ला अस्पताल हुम्लाका अनमी बोहराको भनाइ छ । शरीरका लागि चाहिने अनुपातभन्दा कम रगत देखिएमा महिलाको ज्यान जाने खतरा हुने बोहराले जानकारी दिइन् । सोह्र वर्षीय लामाको शरीरमा रगतको अनुपात छ मात्र रहेको ल्याब टेक्निसियन सुनिता तामाङले बताइन् ।

महिला खोप लगाउनसमेत डराउने गर्दछन् तर ४२ वर्षीया सर्जङ्गमुले भने आफ्नी छोरी बचाउनका लागि जिल्ला अस्पतालमा पुगेर रगत दिइ छोरीको ज्यान बचाएको जिल्ला अस्पतालका ल्याब टेक्निसियन तामाङको भनाई छ ।

आमा छोरीको रगतको ग्रुप ए पोजेटिभ भएको हुनाले अझै सहज भएको थियो । अहिले आमा र छोरीको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्