Logo

किरियापुत्री भवनलाई रु ७ लाख



Spread the love

७ कात्तिक, तनहुँ – व्यास नगरपालिका – ३ मादी र सेती नदीको संगमस्थल व्यास जन्मस्थल परिसरमा निर्माण भइरहेको किरियापुत्री भवनका लागि तनहुँ अमेरिका सोसाइटीले आज रु ७ लाख सहयोग गरेको छ ।

तनहुँ घर भई हाल अमेरिका बस्दै आएका तनहुँबासीले सङ्कलन गरेको उक्त रकम तनहुँ सोसाइटीका महासचिव कृष्णजिवी पन्तले क्रियापुत्री भवन निर्माण समितिका संयोजक उपेन्द्र लम्साल, व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेलगायत पदाधिकारीलाई हस्तान्तरण गरे ।

सो अवसरमा नगर प्रमुख न्यौपानेले आर्थिक सहयोगले मातृभूमिप्रतिको माया ममता झल्काएको बताए । आठकोठे उक्त भवन रु ५० लाख लागतमा बनाइने समितिले जनाएको छ । व्यास नगरपालिकाको ८० प्रतिशत र बाँकी स्थानीय लागत सहभागितामा उक्त भवन बनाइने छ । भवन निर्माणका लागि यसअघि करीब रु १५ लाख सङ्कलन भइसकेको निर्माण समितिका संयोजक लम्सालले बताए ।

प्रतिक्रिया दिनुहोस्