Logo

थ्रेसरको फित्तामा लपेटिएर महिलाको मृत्यु



Spread the love

७ कात्तिक धनगढी – कैलालीको गोदावरी नगरपालिका–६ लालपुरमा आज धान थ्रेसर गर्ने मेसिनको फित्तामा लपेटिँदा एक महिलाको मृत्यु भएको छ ।

थ्रेसर मेसिन चलिरहेको अवस्थामा धान थुपार्न त्रिपाल बिछ्याउने क्रममा फित्तामा लपेटिएर ५० वर्षीया चम्पादेवी कामीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्