Logo

फुटबल मैदानको शिलान्यास



Spread the love

७ कात्तिक, खोटाङ – केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित जरङ्खामा अन्तर्राष्ट्रियस्तरको फुटबल खेल मैदान बन्ने भएको छ ।
पाँच वर्षभित्र बन्ने सो मैदानको आज प्रदेशसभा सदस्य राजन राईले शिलान्यास गरेका छन् । अन्तर्राष्ट्रियस्तरको मापदण्ड पूरा गर्नेगरी निर्माण गर्न लागिएको खेल मैदान आगामी मङ्सिर पहिलो सातादेखि शुरु गरिने छ ।

स्थानीयवासी छ दाताले रु ४६ करोडभन्दा बढीको जग्गा निःशुल्क उपलब्ध गराएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले जानकारी दिए । उनका अनुसार स्थानीयवासी नारायणबहादुर गुरुङ, मनकुमार गुरुङ, डिगबहादुर गुरुङ, गङ्गाबहादुर गुरुङ, धनकुमारी गुरुङ र भूपालसिंह गुरुङले २८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।

केन्द्र सरकार तथा प्रदेश सरकार, राष्ट्रिय खेलकूद परिषद्, स्थानीय सरकार तथा दाताको सहयोगमा खेल मैदान निर्माण गरिने बताइएको छ । प्रतियोगिता भएको समयमा कम्तीमा पनि ५० हजारभन्दा बढी दर्शक बस्न सक्ने गरी प्याराफिट बनाइने निर्माण उपभोक्ता समितिले जनाएको छ । ग्रामीण क्षेत्रमा रहेका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउने उद्देश्यले बाक्सिलामा अन्तर्राष्ट्रियस्तरको खेल मैदान निर्माण गर्न लागिएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष माइतीराज राईले बताए ।

प्रतिक्रिया दिनुहोस्