Logo

करेन्ट लागेर मृृत्यु



Spread the love

८ कात्तिक, बर्दिवास – करेन्ट लागेर महोत्तरी औरही नगरपालिकामा आज एक जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा औरही–९ इनर्वाका ४५ वर्षीया मीनादेवी सहनी रहेको छ । स्थानीय पोल्ट्री फर्ममा पानी तान्न चापाकल चलाउँदा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो ।

सो घटनामा मृतक सहनीका पति सुरेश सहनी र चार वर्षीय भतिजा राजा सहनी घाइते भएका छन् । घाइते सुरेशको जनकपुर अञ्चल अस्पताल र बालक राजाको रामगोपालपुरस्थित स्वास्थ्य चौकीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्