Logo

‘शान्ति सुरक्षाको पहिलो जिम्मेवारी प्रदेशको’



Spread the love

९ कात्तिक, काठमाडौँ – सङ्घीय समाजवादी फोरम नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्नो प्रदेशभित्र शान्ति सुरक्षाको प्रत्याभूति दिने पहिलो जिम्मेवारी प्रदेश सरकारको हुने बताएका छन् ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा कावा अध्यक्ष श्रेष्ठले तीन वर्षमा पनि केन्द्रीय सरकारले प्रदेश प्रहरीसम्बन्धी कानून निर्माण नगरेकाले केन्द्र र प्रदेश सरकारबीच द्वन्द्व बढेको बताए ।

उनले प्रदेशले बनाएको कानून संविधानसँग बाँझिएको भए खारेज हुने र बाँझिएन भने कार्यान्वयन हुने स्पष्ट पारे । श्रेष्ठले प्रदेशको कानून निर्माण गर्ने निक्कै ढिला भएकाले प्रदेश सरकारले धमाधम कानून निर्माण गर्नु परेको हो भने ।

नेकपाका नेता सत्यनारायण मण्डलले प्रतिपक्षको हैसियतले सङ्घीय समाजवादी फोरम र राजपाको संयुक्त सरकारलाई विश्वासको मत दिएर साथ दिँदै आएको जानकारी दिए । लामो समयदेखि अस्थिर र अशान्त रहेको मधेशलाई स्थायित्व दिन पनि आफूहरुले प्रदेश सरकारलाई सहयोग गरेको उनको भनाइ थियो ।

नेपाली काँग्रेसका नेता रमेश लेखकले प्रदेशको पनि प्रदेश प्रहरी हुनुपर्नेमा जोड दिँदै प्रदेशभित्र शान्ति सुरक्षा दिने पहिलो दायित्व प्रदेश सरकारको हुने बताए ।

उनले सङ्घीय सरकार सङ्घीयता विरोधी मानसिकता भएको कारण तीन वर्षसम्म पनि नेपाल प्रहरी ऐन संशोधन नगरेको चर्चा गर्दै सङ्घीय कानून समयमै नबनाएकाले यो द्वन्द्व सिर्जना भएको विचार व्यक्त गरे ।

अर्को प्रसङ्गमा काङ्ग्रेसको विधान मस्यौदा अन्तिम चरणमा पुगेको र केही दिनमानै विधानलाई केन्द्रीय कार्य समितिमा पेश गर्ने जानकारी लेखकले दिए ।

प्रतिक्रिया दिनुहोस्