Logo

मेलम्चीको सुरुङ बन्यो, काठमाडौंमा धारा बनेन



Spread the love

melanchi

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ काठमाडौंसँग जोडिए पनि काठमाडौंमा धारा निर्माणको काम सकिएको छैन । आयोजनाका अनुसार काठमाडौंमा अझै ५० हजार धारा जडान गर्न बाँकी छ ।

 

पहिलो चरणमा काठमाडौं उपत्यकाको रिङरोडभित्र ८३ हजार भन्दा बढी घरधुरीमा आगामी असोजदेखि पानी वितरण सुरु गर्ने आयोजनाको उद्देश्य छ । तर योजनाअन्तरगत उपयोजना निर्देशनालयले घरघरमा पाइपलाईन विस्तार एवम् धारा जडान गर्न सकेको छैन । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

निर्देशनालयले घरघरमा धारा पर्‍याउन छ सय ७० किलोमिटर पाइपलाई विस्तार गर्नुपर्छ । तर उसले २०७३ मंसिर मसान्तसम्ममा चार सय ६८ किलोमिटर मात्रै पाइपलाई विस्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्