Logo

नेपाल-चीन सैन्य तालिम हुने



Spread the love

nepal n china army

दुई देशबीच सैन्य क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यले नेपाल र चीनबीच सन् २०१७ मा संयुक्त सैन्य तालिम नेपालमा आयोजना हुने भएको छ।

उत्तरी छिमेकीले नेपालसँग निकट भविष्यमा हुन लागेको सैन्य तालिमबारे बिहीबार घोषणा गरेको हो । चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच पहिलोपटक संयुक्त सैन्य तालिम हुन लागेको हो । सैन्य तालिमका सम्बन्धमा दुई देशका उच्च राजनीतिक तहबाट सहमति प्राप्त भइसकेको स्रोतले बतायो। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले बेइजिङमा आयोजित पत्रकारसम्मेलनमा सन् २०१७ मा नेपाल र चीनबीच संयुक्त सैन्य तालिमबारे प्रारम्भिक वार्ता भएको बताए । तर उनले सैन्य तालिम कहिले हुने भन्ने यकिन मिति खुलाएनन् ।

 

त्यसअघि नेपाल र अमेरिकाबीच सन् २०१५ नोभेम्बर ३ देखि १७ दिनसम्म काठमाडौंको छाउनी, पोखरा, लुक्ला र सगरमाथाको आधारशिविरमा संयुक्त सैन्य अभ्यास सम्पन्न भएका थिए ।

प्रतिक्रिया दिनुहोस्