Logo

भ्रष्टाचार आरोपी मन्त्रीद्वारा राजीनामा



Spread the love

२४ कात्तिक, मङ्गोलिया – आर्थिक अनियमितता गरेको आरोप लागेपछि मङ्गोलियाका एक जना मन्त्रीले राजीनामा दिएका छन् ।

मङ्गोलियाको खाद्य, कृषि र उद्योगमन्त्री बाट्जार्गाल बाट्जोरिङले बुधबार राजीनामा दिएको अधिकारीहरुले जनाएका छन् ।

“मैले आफ्नो पदबाट राजीनामा दिएको छु, यसमा मलाई कुनै समस्या छैन,” उनले पत्रकारहरुलाई भने ।

सत्तारुढ दल मङ्गोलियन पिपुल्स पार्टी ग्रुपले नै संसदमा उनले राजीनामा दिनुपर्ने माग गरेको थियो ।

उनले न्यून व्याजदरमा राज्यको रकम वितरण गर्न लगाएको, राज्यकोषलाई हानी हुने काम गरेको विवरण केहीदिन अगाडि सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्