Logo

गुणीय चक्रको १४आैँ संस्करण शुरु



Spread the love

१५ कात्तिक, काठमाडौँ – विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीलाई गुणवान् बनाउने कार्यक्रम गुणीय चक्रको १४आैँ संस्करण ग्यालेक्सी पब्लिक विद्यालय, ज्ञानेश्वरमा शुरु भएको छ ।

क्वेष्ट नेपालले आयोजना गरेको तीने दिनेसम्म चल्ने कार्यक्रममा सातै प्रदेशका विभिन्न ९० विद्यालयका उत्कृष्ट एक हजार दुई छात्र÷छात्राको सहभागिता छ । साथै अमेरिका, स्वीट्जरल्याण्ड, भारतका शिक्षाविद्ले सम्मेलनमा सहभागीलाई दीक्षा प्रदान गर्नेछन् । सन् २००५ देखि हरेक वर्ष यस्तो सम्मेलन आयोजना हुँदै आएको छ ।

विद्यार्थीको गुणीय चक्रले उनीहरूलाई सर्वगुण सम्पन्न बनाउन सहयोग गर्दछ । प्रा डा दिनेश चापागाईँ नेपालमा सन् १९९९ देखि यो शिक्षण विधीलाई नेपालमा भित्र्याएका थिए । विशेषरुपमा गुणीय चक्र पठनले विद्यालय तहका छात्र÷छात्रालाई आफ्नो पठनलगायत अतिरिक्त क्षेत्रमा चलाख बनाउन सहयोग पुर्याउँछ । सर्वप्रथम जापानबाट शुरु भएको कार्यक्रम हाल विश्वका २५ भन्दा बढी देशमा लोकप्रिय छ ।

देशभरका करीब २०० निजी विद्यालयका सहायक पाठ्यक्रम तथा पाठ्यक्रमका रुपमा गुणीय चक्रको पठनपाठन तथा प्रशिक्षणसमेत हुँदै आएको छ । देशका उत्कृष्ट छात्र÷छात्राले छ महीना लगायर तयार पारेका अध्ययन र प्रतिवेदनलाई पेश गर्ने छन् । साथै सिर्जनात्मक चित्रकला, कथा, हिज्जे, हाजिरी जवाफलगायतका विभिन्न खेलकूदका कार्यक्रमसमेत सञ्चालन हुने छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सम्मेलनको शुभारम्भ गर्दै विद्यालय तहका छात्र÷छात्राको प्रतिभा प्रस्फुटन, उनीहरुलाई सामाजिक सिर्जनात्मक बनाउन तथा उनीहरुका आफ्ना समस्या आफैं समाधान गर्न गुणीय चक्र पठन तथा प्रशिक्षण प्रभावकारी भएको चर्चा गर्दै यसलाई सस्थागत विद्यालयमा पनि लागू गर्न आवश्यक रहेको बताए ।

उनले गुणस्तरीय शिक्षाका लागि सरकारकारले आवश्यक नीति नियम परिमार्जन गर्दै गएको जानकारीसमेत दिए । क्वेष्ट नेपालका अध्यक्ष राजकुमार महर्जन, सल्लाहकार गीता राणा तथा सदस्य मोहनबहादुर कार्कीले कार्यक्रमले छात्र÷छात्राको बहुपक्षीय क्षमतालाई उजागर गर्न राष्ट्रिय मञ्चका रुपमा काम गरिराखेको चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस्