Logo

दाङका बजारमा जुम्ली स्याउ



Spread the love

१८ कात्तिक, लमही – दाङको लमही बजारमा जुम्लाको स्याउले बजार पाउन थालेको छ । भारतबाट आयात गरिएको स्याउभन्दा सस्तो भएका कारण जुम्लाको स्याउले बजार पाएको हो ।

लमही–६ का देउमती चौधरीका अनुसार लमही बजारमा अहिले जुम्ली स्याउ प्रतिकिलो रु १६० मा बिक्री भइरहेको छ । भारतीय स्याउलाई प्रतिकिलो रु १८० भन्दा बढी पर्छ । जुम्लाको स्याउ भारतीय स्याउभन्दा सस्तो तथा मिठो भएकाले ग्राहकको रोजाइमा परेको हो । अहिले जिल्लाको लमही, घोराही, तुलसीपुर, भालुवाङलगायत बजारमा जुम्लाको स्याउको अत्यधिक माग छ ।

प्रतिक्रिया दिनुहोस्