Logo

नगरपालिकाको मोबाइल एप्स



Spread the love

१८ कात्तिक, लमजुङ – बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स सञ्चालनमा ल्याएको छ ।

कार्यालयको गतिविधि र स्थानीयवासीको जनगुनासो सुन्नका लागि मोबाइल एप्स सञ्चालनमा ल्याइएको हो । प्रविधिको विकाससँगै मोबाइल एप्सको प्रयोग बढेकाले सर्वसाधारणको सहजताका लागि एप्स सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ । नागरिकलाई कार्यालयको सूचना, नीति, कार्यक्रम, योजना तथा बजेट र कार्यालयले सम्पादन गर्ने कामको विषयमा जानकारी गराउने उद्देश्यले एप्स सञ्चालनमा ल्याइएको नगर प्रमुख गुमानसिंह अर्यालले बताए ।

उनले भने, “नगरका काममा पारदर्शीताका लागि एप्स राम्रो माध्यम रहेछ । यसमा नगरपालिकाको बजेटदेखि सबै विवरण राखिएको छ ।” एप्समा नगरपालिकाको परिचय, नगरपालिकाले दिने सेवा, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, ऐन कानून, वडा विवरण, नगरपालिकाका महत्वपूर्ण स्थान र आपत्कालीन नम्बर समावेश गरिएको सूचना प्रविधि अधिकृत मुकेश कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्