Logo

सल्यानी युवा सन्जालको बौद्धिक ब्यक्तित्वहरु सँग छलफल



Spread the love

20161230_164318

सल्यानी युवा सन्जालले बौद्धिक ब्यक्तित्वहरु सँग छलफल गरेको छ । शुक्रवार नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा सन्जालले छलफल गरेको हो ।
सल्यान जिल्लामा जन्मेर बाहिर बसिरहेका बौद्धिक ब्यक्तित्वहरु सँग सन्जालले गरेका काम कारबाहीको बारेमा व्यापक छलफल गरेको हो ।

20161230_143842

सोही कार्यक्रममा सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको म्याराथनमा स्वर्ण पदक ल्याउन सफल सल्यानी चेली पुस्पा भण्डारीलाई सम्मान गरेको थियो । साथै सन्जालमा आवद्द केही युवाहरूले सन्चालन गर्न लागेको मध्यपहाड डटकमको पनि उद्घाटन गरिएको छ । मध्यपहाड डटकम मुख्य गरी पुस्तकालय, कृषि लगायत सामाजिक कार्यमा समर्पित हुने गैरराजनितिक मूलक अनलाइन हुने तेज किरण ओलीले बताए ।

यस अघि नै सन्जालमा आवद्द युवाहरूले सल्यान दृष्‍टिकोण र सल्लेरी खबर नामक अनलाइन सन्चालन गरिरहेका छन् । सल्यान दृष्‍टिकोणलाई पर्यटन मूलक अनलाइन बनाउने सोचका साथ केही समय निस्कृय राखिएको सल्यान दृष्‍टिकोणका सदस्य लोकेन्द्र भण्डारीले बताए । सल्लेरी खबर भने समाचार मूलक अनलाइनको रूपमा सन्चालन भइरहेको छ ।

salyani yuwaa sanjal

कार्यक्रममा उपस्थित बौद्धिक ब्यतित्वहरुले सल्यानि युवा सन्जालका युवाहरूको काम धेरै राम्रो भएको भन्दै आफुहरुको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।

माउण्ट बुद्ध मिडिया (सल्लेरी खबर ), सल्यान दृष्टिकोण टिम, समृद्ध सल्यान, युवा शसक्तिकरण नेपाल(यान)  संस्थाहरू सम्मेलित यस टिममा राजनीतिक पार्टीमा आवद्ध नभएका सल्यानको समृद्धिको लागि लाग्न चाहने युवाहरू र संस्थाहरू सङ्ग सहकार्य गर्दै जाने सल्यानी युवा सञ्जालकाले जनाएको छ ।

20161230_151304

सन्जालले अहिले मुख्य गरी गेट निर्माण, ई- लाइब्रेरी, सामुदायिक पुस्तकालय र सल्यान रुकुम यातायात व्यवसायी समिति सँगको सहकार्यमा सल्यान रुकुम यातायात व्यवसायी समिति अन्तर्गत लामो तथा छोटो दुरीमा चल्ने सबै गाडीहरुमा सल्यानका पर्यटकीय सम्पदा अङ्कित स्टिकर राख्न लागिएको सल्यानि युवा सन्जालका संयोजक सुदर्शन बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस्