Logo

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु



Spread the love

२४ कात्तिक, चितवन – पूर्वी चितवनको राप्तीमा भएको छुट्टाछुट्टै घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।

जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने सवारी ठक्करबाट अर्को एकजनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका गड्यौलीस्थित खेतमा काम गर्न जाँदा आज बिहान करीब ७ः५० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीयवासी २३ वर्षीय सागर राईको मृत्यु भएको छ ।

यस्तै पूर्वपश्चिम राजमार्गअन्र्तगत राप्ती नगरपालिकास्थित हर्दिमा गए राति भएको सवारी दुर्घटनामा परी राप्ती नगरपालिका–१ का रमेशबाबु त्रिपाठीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट भरतपुरतर्फ आउंँदै गरेको ना ४० प ७०२४ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारीले ठक्कर दिँदा मोटरसाइकल चालक त्रिपाठीको घटनास्थलमा नै मृत्यु भएको हो । सवारी साधन फरार रहेकाले पहिचान नभएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्