Logo

दंगलले पार गर्यो २ सय करोड…



Spread the love

आमिर खान अभिनित चलचित्र दंगलले रिलिजको ८ औं दिनसम्ममा २ सय करोड माथीको विजनेश गरिसकेको छ । स्रोतका अनुसार, शुक्रवार दंगलले भारतीय बक्सअफिसमा १८.५९ करोड कलेक्शन गरेको छ । योसँगै फिल्म दंगलको कमाई २१६ करोड पुगेको छ । दंगल सबैभन्दा चाँडै २०० करोड पार गर्ने चलचित्र मध्ये दोस्रो स्थानमा दर्ता भएको छ । यो लिस्टमा सलमान खान अभिनित चलचित्र सुल्तान पहिलो स्थानमा छ, जसले प्रदर्शनको ७ दिनमा नै २ सय करोडमाथीको विजनेश गरेको थियो ।
dangal

वर्ल्डवाइड कलेक्शन ४ सय करोड:
-फिल्मको ग्रस कलेक्शनको कुरा गर्ने हो भने त वर्ल्डवाइड दंगलले ४०० सय करोडको आँकडा पार गरिसकेको छ । फिल्मले इण्डियामा मात्र २९५.१३ करोडको ग्रस कलेक्शन गरिसकेको छ र ओवरसीजमा यसको ग्रस कलेक्शन १२२.५९ करोड छ । यदी यसलाई मर्ज गर्ने हो भने त वर्ल्डवाइड फिल्मको ग्रस कलेक्शन ४१७.७२ करोड पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्