Logo

युद्ध सामग्री व्यवस्थापन तालीम शुरु



Spread the love

२५ कात्तिक, काठमाडौँ – निःशस्त्रीकरण सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालयले नेपालस्थित शान्ति तथा निःशस्त्रीकरणका लागि एशिया¬—प्रशान्त क्षेत्रीय केन्द्र र जेनेभा इन्टरनेशनल सेण्टर फर ह्युम्यानिटेरियन डिमाइनिङसँगको सहकार्यमा परम्परागत युद्ध सामग्री व्यवस्थापन तालीम आजदेखि राजधानीमा शुरु भएको छ ।

एक सातासम्म जारी रहने उक्त तालीममा परम्परागत युद्ध सामग्री व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय प्राविधिक निर्देशिका तथा राष्ट्रसङ्घीय सुरक्षा कार्यक्रमअनुसार मध्य एशिया, दक्षिण एशिया र दक्षिण—पूर्वी एशियाली राष्ट्रका सम्बन्धित निकायका अधिकारीहरुलाई प्रशिक्षण दिइने राष्ट्रसङ्घीय सूचना केन्द्रले जनाएको छ ।

उक्त केन्द्रका अनुसार उपक्षेत्रीय यो तालीमको उद्देश्य युद्ध सामग्रीको उचित भण्डारण तथा भण्डारस्थलको समुचित व्यवस्थापनका साथै सम्बन्धित देशका राष्ट्रिय निकायलाई त्यस्ता सामग्री विस्फोटन र अवैध बजार पुग्नबाट जोगाउन सचेत पार्नु हो ।

प्रतिक्रिया दिनुहोस्