Logo

जीप दुर्घटनामा एकको मृत्यु



Spread the love

२५ कात्तिक, रामपुर – पाल्पामा आज भएको जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् ।

रिब्दीकोट गाउँपालिका–६ पालुङ्गमा आज बिहान भएको दुर्घटनामा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइतेमध्ये दुई जनाको युनाइटेड मिसन अस्पताल तानसेन र अन्य चार जनाको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भइरहेको छ । रिब्दीकोट गाउँपालिका–६ का ६२ वर्षीय मीनबहादुर गाहाको अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको थियो । जीपमा सवार १४ यात्रुमध्ये घाइते सबै रिब्दीकोटकै रहेको प्रहरीको भनाइ छ ।

घाइते हुनेमा १८ वर्षीय बिमला कुँवर, १४ वर्षीय निरुताकुमारी गाहा, ४७ वर्षीय टुकिकुमारी गाहा, २९ वर्षीय सीताकुमारी राना, ८२ वर्षीय कुलबहादुर कुँवर, १९ वर्षका लोकमाया गाहा कुँवर रहेका छन् । आज पालुङ्गबाट तानसेनतर्फ जाँदै गरेको लु१ज १४९६ नंको जीप उकालो बाटोमा पछाडि गुडेर दुर्घटना भएको हो । जीप र चालक अहिले प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्