Logo

दाङ सुर्खेत सडकखण्ड अवरुद्ध



Spread the love

२५ कात्तिक, तुलसीपुर – दाङ–सुर्खेत सडकखण्ड शनिबार साँझदेखि अवरुद्ध भएको छ ।

बसको ठक्करबाट बबई गाउँपालिका–५ बस्ने २२ वर्षीय मानसिङ वलीको मृत्यु भएपछि सो सडकखण्ड स्थानीयवासीले अवरुद्ध गरेका हुन् । स्थानीयवासीले शव अहिलेसम्म पनि उठाइएका छैनन् ।

शनिबार साँझ साढे ५ बजेतिर बसको ठक्करबाट वलीको ज्यान गएको थियो । दोषीलाई कारवाही र पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन् । दिनभर त्यहाँ तनाव उत्पन्न भएको प्रहरीले जनाएको छ ।

दङ्गीशरण गाउँपालिका–६ बाट बनभोज गएर फर्किने क्रममा ना२ख ९६३५ नंको बसले ठक्कर दिँदा पैदल यात्री वलीको घटनास्थलमा नै ज्यान गएको प्रहरीले बताएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै पक्षलाई बोलाएर सहमतिको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्