Logo

हास्यकलाकार तथा रंगकर्मी विष्णुभक्त फुयाँलको निधन…



Spread the love
नेपाली रङ्गमञ्च तथा टेलि  सिरियलका चर्चित अनि वरिष्ठ कलाकार विष्णुभक्त फुयाँल  (यो माई लभ )को निधन भएको छ । मंगलबार जमल स्थित राष्ट्रिय नाचघरमा नाटक गर्दागर्दै स्टेजमै ढलेका (बेहोस भएका) उनको विर अस्पतालमा निधन भएको हो ।
bishnu-bhakta-fuyal               रंगमञ्चमै  ढलेपछि तत्काल वीर अस्पतालको आकस्मिक कक्षमा पुर्याईएका फुयाँलको उपचारमा संलग्न चिकित्सकले निधनको पुष्टि गरेका थिए । बद्री अधिकारी निर्देशित ‘महर्षी वाक्यालव्य’ नामको नाटकमा उनी मुख्य पात्र निभाईरहेका थिए ।  अहिले अस्पताल परिसरमा रंगकर्मीको घुईंचो लागेको छ।
फुयाँलको अन्तिम संस्कार भने बुधबार मात्र हुने बताईएको छ । केहि महिना पहिले बन्द भएको चर्चित हाँस्य सिरियल ‘तितोसत्य’मा फुयाँलले निभाएको ‘यो माई लभ’ पात्र निकै चर्चामा थियो । उनि पछिल्लो केहि बर्षयता बौद्ध स्थित पानी ट्याङ्की नजिक एक्लै बस्दै आएका थिए । फुयाँल परिवारमा ( निर्मल, कमल र बिमल) तीन छोरा छन् भने उनकी पत्निको यसअघि नै निधन भईसकेको छ ।
परिवारका सदस्य मध्ये एक छोरा विदेशमा रहेका र अर्का दुई छोरा नेपालमै रहेपनि फुयाँल भने एक्लै बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्