Logo

आज मिति २०७५ साल मंसिर २ गते अाइतबार, हेर्नुहोस् तपार्इको राशीफल



Spread the love

आज मिति २०७५ साल मंसिर २ गते अाइतबार। आजको राशीफल यस प्रकार रहेको छ। वरिष्ठ ज्याेतिष बाल कृष्ण अाचार्यले राशीफल लेख्नु भएको हो। तपार्इहरूको दिन शुभ रहोस्।

मेष राशी – सरकारी कामकाजले तनावै–तनाव झेल्नु पर्ने छ। स्वास्थ्यमा गडबढी अाउने छ। प्रेममा धाेका मिल्ने याेग छ।

वृष राशी – समय मध्यम छ। अरूकाे सेवामा मन जाने छ। राेकिएका काम पूरा हुने छन्। पढार्इमा अाैसत सफलता हासिल हुनेछ।

मिथुन राशी – प्रेममा वियाेग हुने याेग छ। दिन साेचेजस्ताे राम्राे हुने छैन। अाफ्नै प्रेमी वा प्रेमिकाका कारण मानप्रतिष्ठामा अाँच अाउने छ, विवाद बढ्ने छ।

कर्कट राशी – धन अार्जन हुनसक्छ। तर परिश्रम पनि त्यतिकै गर्नुपर्ने छ। काम सफल भएपनि दिनभर व्यस्तता रहने छ।

सिंह राशी – लगानी तथा व्यापार–व्यवसाय थाल्ने याेग छ। यात्रा सफल हुने छ। मन प्रसन्न रहला। शुभकार्यकाे थालनी हाेला।

कन्या राशी – परिवारमा मेलमिलाप हुने छ। कार्यसिद्धिकाे याेग छ। दिन राम्राे छ। स्वास्थ्यमा सुधार अाउने छ।

तुला राशी – साथीले घात गर्ने छन्। दिन अनावश्यक झमेलामा बित्ने छ। दिन खराब छ। प्रेमीबाटै धाेका पाइने छ।

वृश्चिक राशी – पैसा खर्च हुने छ। तनाव बढ्ने छ। साँझपख मात्रै केही राम्राे हुनेछ। माया प्रेमकाे विषयबाट टाढा रहनुहाेला। दिन राम्राे छैन।

धनु राशी – झै–झगडाकाे याेग छ। मन पराएकाे वा विश्वास गरेकै मानिसबाट धोका पाउने याेग छ। मिल्ने साथीभाइ र प्रेमीप्रेमिकाबीच मनमुटाव हुने छ।

मकर राशी – दिनभरि अनावश्यक चिन्ताले सताउने छ। परिवारमा अविश्वास बढ्ने छ। धर्मको गरेपनि अपजस मिल्ने छ।

कुम्भ राशी – मध्यान्हपछि केही राम्राे छ। तर दिन सधैँजस्ताे छैन। पूरानो गल्तीले मनमा खिन्नता छाउने छ।

मीन राशी – अध्ययन अध्यापनमा सोचेभन्दा राम्रो सफलता हासिल हुने छ। दिन अत्यन्तै राम्रो छ। सम्पति अार्जन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्