Logo

ब्राजिलको कारागारमा ६० जनाको मृत्यु



Spread the love

रियो डि जानेरो, १९ पुस । ब्राजिलको सबैभन्दा ठूलो उत्तरी शहर मनाअसमा रहेको एक कारागारमा कैदीहरुबीच झडप हुदाँ ६० जनाको मृत्यु भएको छ । 535794231

एउटै कारागारमा भएका दुई ओटा छुट्टाछुट्टै झडपमध्ये एउटामा ५६ र अर्कोमा चार जनाको मृत्यु भएको अधिकारीहरुले मङ्गलबार बताएका छन् ।

अनिसियो जोबिम नामक जेलमा आइतबार सुरु भएको झडप झण्डै १७ घण्टा सम्म चलेको थियो । जेलमा झण्डै १८४ जना कैदीहरुलाई राखिएको थियो ।

झडपको क्रममा जेलबाट भागेका ८४ जनालाई पुनः नियन्त्रणमा लिइएको अधिकारीहरुले जनाएका छन् । जेलमा मृतक कैदीहरुको शव यत्रतत्र छरिएका थिए ।

एमाजोनास राज्यमा रहेको सो कारागारमा झडप भएपनि उनीहरुलाई अन्यत्र सार्नका लागि कारागारको खोजी भईरहेको छ ।

अधिकारीहरुले कारागारलाई आफ्नो नियन्त्रणमा लिनका लागि जेलभित्र र बाहिर रहेका बन्दीका दुई प्रतिद्वन्द्वी गिरोह लड्दै आएको जनाएका छन् ।

एमाजोनास राज्यका सुरक्षा प्रमुख सेर्जियो फोन्टेका अनुसार लामो समयको तयारीपछि यो झडप भएको जस्तो देखिएको बताउनुभयो ।

कारागारमा भएको यो झडप वर्षौ यता ब्राजिलको बन्दी गृहभित्र भएको सबैभन्दा खराब हिंसामध्ये एक भएको बताइएको छ ।

ब्राजिलका सबैभन्दा ठूला दुई लागू औषधका गिरोहले जेललाई आफ्नो नियन्त्रणमा राख्नका लागि त्यहाँ लडाइँ गर्दै आएका थिए । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्