Logo

नेकपा बैठकमा सरकारका कामको समीक्षा हुने



Spread the love

२ मङ्सिर, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले सरकारले जनताका चाहना र आकाङ्क्षा पूरा गर्ने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

आज आयोजित साक्षात्कारमा नेता सापकोटाले सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउनुपर्ने बताउँदै नेकपाको सचिवालय र स्थायी समितिको अब बस्ने बैठकमा सरकारले आठ महीनामा गरेका कामका बारेमा समीक्षा हुने जानकारी दिए । सरकार अन्तर्राष्ट्रिय तथा द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन सफल भएको विचार पनि उनले व्यक्त गरे ।

राजनीतिक विश्लेषक प्रा डा सुरेन्द्र केसीले वर्तमान सरकारले नौ महीनामा चाहेजति काम गर्न नसकेको तथा मुलुकमा उद्योग तथा लगानीको वातावरण बन्न नसकेको पनि विचार राखे । ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवाही तथा यातायात व्यवसायमा एकाधिकार प्रणाली हटाउने जस्ता सरकारको प्रयास प्रभावकारी नभएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्