Logo

५ ऐतिहासिक भवनको प्रवलीकरण गरिने



Spread the love

२ मङ्सिर, काठमाडौँ – भूकम्पले भत्किएका पाँच ऐतिहासिक र पुरातात्विक महत्व बोकेका भवनको प्रवलीकरण गरिने भएको छ ।

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले केन्द्रीय प्रशासकीय भवनका रुपमा रहेको सिंहदरबार, सडक विभाग र महालेखा परीक्षकको कार्यालय रहेको बबरमहल, केशर पुस्तकालय रहेको केशरमहल, नक्सालस्थित बालमन्दिर तथा जमलस्थित कानून पुस्तकालयको भवन प्रवलीकरण गरेर बचाउन सकिने प्रारम्भिक प्रतिवेदन प्राप्त भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)ले जनाएको छ ।

भवन प्रवलीकरणका लागि लाग्ने लागतसहित नमुनाको काम भइरहेको एकाइका आयोजना निर्देशक नवराज प्याकुरेलले बताए । सिंहदरबारको उत्तर, पूर्व र दक्षिण भागको नमुना सम्पन्न भई प्रवलीकरण शुरु भइसकेको छ । बाँकी चार भवनको नमुनाको काम भइरहेको एकाइले जनाएको छ । यसअघि नै दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क) को सचिवालय रहेको लैनचौरस्थित भवन प्रवलीकरण सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्