Logo

संरक्षित वन्यजन्तुसहित पक्राउ



Spread the love

काठमाडौँ, ३ मङ्सिर – राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र साइटिस महासन्धिविरुद्धको अपराध गरेको अभियोगमा दोलखाका एक युवक पक्राउ परेका छन् ।

संरक्षित वन्यजन्तु १२ वटा जीवित कछुवा बोकेर बिक्री गर्न हिँडेका दोलखाको भीमेश्वर नगरपालिका–२ का रसिक श्रेष्ठलाई ललितपुर महानगरपालिका–७ ग्वार्कोबाट आज अपराह्न पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । प्रहरी प्रधान कार्यालयअन्तर्गतको ब्यूरोका अनुसार अभियुक्त श्रेष्ठ र बरामद कछुवा डिभिजन वन कार्यालय, ललितपुरमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्