Logo

सन् २०१६ मा इराकमा छ हजार ८७८ सर्वसाधारण मारिए



Spread the love

बग्दाद, १९ पुस । सन् २०१६ मा इराकमा भएका हिंसाहरुमा परी कम्ती छ हजार ८७८ सर्वसधारणको ज्यान गुमाएका संयुक्त राष्ट्र सङ्घले हालै जानकारी दिएको छ । pict187

इराकको लागि संयुक्त राष्ट्र सङ्घको सहयोग मिसन (युएनएएमआइ)ले जारी गरेको एक विज्ञप्तिका अनुसार सन् २०१६ मा भएका यस हिंसाहरुमा परी १२ हजार ३८८ सर्वसाधारण घाइते भएका थिए ।

तर गत मे, जुलाई, अगस्त र डिसेम्बरमा इराकको पश्चिमी प्रान्त अन्बार भएका मानवीय हताहतसम्बन्धि घटना भने यस तथ्याङ्कमा समावेश नगरिएको युएनएएमआइले थप जानकारी दिएको छ ।

युएनएएमआइका अनुसार सन् २०१५ मा इराकभरी भएका घटनाहरुका सात हजार ५१५ व्यक्तिको मृत्यु भएको थियो ।

सन् २०१७ को सुरुवातसँगै इराकमा पुनःहिंसा सुरु भइसकेको छ । इराकको राजधानी बग्दादको छिमेकमा पर्ने अत्याधिक जनघनत्व भएको एक इलाकामा गत सोमबार भएको एक कार बम विस्फोटमा परी कम्तीमा ३५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६९ व्यक्ति घाइते भएका छन् ।

सो आक्रमणमा मारिए प्रायःव्यक्ति सदर सरहको विभाजन रेखामा कामको लागि फर्खिरहेका श्रमिक परेका जानकारी दिइएको थियो ।

त्यसैगरी सन् २०१७ सुरु हुनुभन्दा अगाडिको् पूर्वसन्ध्यामा नै भएका दुई विस्फोटनमा परी पनि २७ व्यक्तिको मृत्यु भएको थियो । यस आक्रमणहरुको आइएसले नै दाबी गरेका थिए । रासस÷एपी÷एएफपी

प्रतिक्रिया दिनुहोस्