Logo

जैविक खाद्य मेला सम्पन्न



Spread the love

५ मङ्सिर, भक्तपुर – मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको जैविक खाद्य मेला गरिएको छ ।

मध्यपुरथिमि–४ विष्णु कुण्डलमा रिकिशी कम्पोष्ट मल उत्पादन केन्द्रले जापानिज प्रविधिबाट फोहर व्यवस्थापन गरी उत्पादन गरेको कम्पोष्ट मलको प्रयोग गरी उत्पादन गरिएका तरकारी र तरकारीका विभिन्न परिकारसहितको खाद्य मेला आज आयोजना गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले मध्यपुरथिमि नगरपालिकामा नमूनाका रुपमा शुरु भएको जापानिज प्रविधिबाट घरमा उत्पादन हुने फोहरबाट जैविक मल उत्पादनलाई प्रदेशभरी विस्तार गरिने बताए ।

कार्यक्रममा प्रदेशका कृषिमन्त्री दावा लामा, प्रदेशसभा सदस्य राजेन्द्रमान श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलगायतले जैविक मल उत्पादन कार्यलाई विस्तार गरिनुपर्नेमा जोडदिए । उत्पादित मलसहित मूला, गान्टे मूला, रायोको साग, चौम्सुर र पालुङ्गो प्रदर्शनीमा राखिएको थियो भने उत्पादित तरकारीको परिकार बनाएर वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्