Logo

तीन छोरीलई विष खुवाएर आमाद्वारा आत्महत्या



Spread the love

poison

पिपरिया-३ की गुन्द्रवेदीले तीन छोरीलाई विष खुवाएर आत्महत्या गरेकी छन् ।

विषसेवनपछि गम्भीर भएकी गुन्द्रदेवी र छोरी चन्दादेवीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

विषसेवनका कारण सिकिस्त भएका उनका दुई छोरीहरु पूजाकुमारी र राधाकुमारीको अवस्था चिन्ताजनक छ।

गुन्द्रदेवीले सोमबार साँझ पानीमा विष घोलेर छोरीहरुलाई खुवाएको पाइएको सर्लाहीका प्रहरी नायव उपरीक्षक सिताराम रिजालले बताए। आजको नागरिक दैनिकमा समाचार छ ।

गुन्द्रादेवीले गरिबीका कारण अनिश्चित भविष्य देखेर विष खुवाएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनास्थलमा पुगेको प्रहरीका अनुसार विपन्न गुद्रदेवीलाई हातमुख जोर्न समस्या थियो।

प्रतिक्रिया दिनुहोस्