Logo

कलिलै उमेरमा गर्भवती भएकी चेपाङ प्रसूतिगृहमा भर्ना



Spread the love

५ मङ्सिर, काठमाडौँ – कलिलै उमेरमा गर्भवती भएकी गङ्गामाया चेपाङलाई उपचारार्थ थापाथलीस्थित प्रसूतीगृहमा भर्ना गरिएको छ ।

मकवानपुर राक्सिराङ गाउँपालिका–३ स्थित माइतीघरमा बस्दै आएकी गङ्गामाया १२ वर्षको उमेरमा गर्भवती बनेकी थिइन् । आठ महीनाको गर्भ रहेको चिकित्सकले जनाएका छन् । उनलाई हेटौँडास्थित हेटौँडा अस्पतालबाट थप उपचारार्थ मङ्गलबार प्रसूतिगृहमा ल्याइएको हो ।

प्रसूतिगृहका निर्देशक प्रा डा जागेश्वर गौतमले भने, “हामीले उनको आवश्यक सबै स्वास्थ्य परीक्षण अति सूक्ष्मभन्दा सूक्ष्मरुपमा गरिरहेका छौँ, गर्भवती भएको आठ महीना देखिन्छ, अहिलेको स्वास्थ्यस्थित सामान्य रहेको छ ।”

बीस वर्षभन्दा कम उमेरमा बच्चा जन्माउँदा आमा तथा शिशुको स्वास्थ्यलाई उच्च जोखिम मानिन्छ । निर्देशक प्रा डा गौतमले भने, “गङ्गामायाको आवश्यक सबै जाँच शुरु गरेका छौँ, यसका नतिजा आएपछि मात्र अगामी उपचारका बारेमा भन्न सकिन्छ ।”

सो गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिम्डुङ्को विशेष पहलमा गङ्गामायालाई उपचारार्थ हेटौँडा अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्