Logo

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु



Spread the love

५ मङ्सिर, रुपन्देही – रुपन्देही र झापामा आज भएका छुट्टाछुट्ट्रै दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका–२ सोरौलीमा बुटवलतर्फ आउँदै गरेको बा१८च ८०१६ नंको हाइलेक्स गाडी र विपरीत दिशातर्फ जाँदै गरेको से४प ७७७५ नंको मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सैनामैना नगरपालिका–१ का ५० वर्षीय तिलबहादुर सुनार र मोटरसाइकलमा सवार सोही ठाउँका ५६ वर्षीय खेमबहादुर सुनारको मृत्यु भएको सङ्घीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुर्घटनामा परी घाइते भएका दुवै जनाको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै झापाको मेचीनगरमा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा बिर्तामोड–५ का २७ वर्षीय मोरसाइकल चालक मञ्जुल बराइली र मेचीनगर–१० का स्कुटर चालक २४ वर्षीय युवराज अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख राजेश राईले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मेचीनगर–१२ स्थित कालीझोडामा पूर्वबाट पश्चिम जाँदै गरेको बा.६९प ७९९४ नंको मोटरसाइकल र पश्चिमबाट पूर्व आउँदै गरेको मे.१०प ६६६४ नंको स्कुटर एकापसमा ठोकिँदा दुवै सवारी चालकको मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार काठमाडौँ जडीबुटीकी १८ वर्षीया सुविसा गुरुङ घाइते भएको र उनको बिर्तामोडस्थित बी एण्ड सी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्