Logo

बुटवलस्थित तिनाउ पुल मर्मत सुरु..



Spread the love

देसकै प्रमुख राजमार्ग पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवलस्थित तिनाउ नदीको पक्की पुलको मर्मत सम्भार सुरु भएको छ ।

बुटवललाई पश्चिम नेपालसँग जोडने महत्वपूर्ण तिनाउ पुलको सतह भत्केर छियाछिया भएको महिनौँसम्म पनि जीर्ण अवस्थामा रहेको थियो ।
पुलको मर्मत सम्भार भएपछि पूर्व–पश्चिम सञ्चालन हुने सवारी साधन र यात्रुले अब राहत पाउने छन् । दैनिक करिब १० हजार साना ठूला सवारी साधन वारपार गर्ने तिनाउ पुल सवारी साधन र यात्रु दुबैका लागि धराप बन्दै गएको थियो ।

पुलको सतह भत्केर सयौँ खाल्डा बनेको र ढलान गर्दाका बखतका फलामे छड तथा सरिया बाहिरै निस्केकाले पुल जोखिमयुक्त बनेको हो ।
tinaau        पुलमर्मत तथा सम्भारमा सहजताको वातावरण निर्माण गर्न सडक डिभिजन कार्यालय बुटवलले पुल मर्मत अवधिभरका लागि यातायातलाई एकतर्फी रुपमा सञ्चालन गरिरहेको छ ।
tinauसडक कार्यालयका अनुसार तिनाउ पुल भएर बुटवलबाट पश्चिमतर्फ जाने सवारी साधन तिनाउ पुलबाटै एकतर्फि सञ्चालन हुने व्यवस्था मिलाइएको र पश्चिमबाट बुटवलतर्फ जाने सम्पूर्ण सवारी साधन बेलवास पुल हुँदै तिनाउ डाइभर्सनबाट देवीनगर हुँदै आउने व्यवस्था मिलाइएको छ ।
आवश्यक जनशक्ति र मेसिन प्रयोग गरी तीव्रताका साथ पुलको सतह पिच गर्ने कार्य भइरहेकाले पाँच दिनभित्रै पुल तयार हुने डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले जानकारी गराउनुभयो ।
यसको काम सम्पन्न गर्नका लागि झन्डै रु ३५ लाख लागत अनुमान गरिएको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्