Logo

७० बर्षिया बृद्दा बलात्कार गर्नेलाई ५ बर्ष ३ महिना कैद र ५० हजार जरिबाना



Spread the love

salyan-jilla-adalat

७० बर्षिय वृद्दालाई बलात्कार गर्ने व्यक्तिलाई जिल्ला अदालत सल्यानले पाचँ वर्ष ३ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।

जरिवाना रकम पीडित बृद्दालाई राहत स्वरुप उपलब्ध गराइने छ । जिल्ला न्यायाधीश माधबेन्द्रराज रेग्मीको ईजलासले सल्यान फालाबाङ्ग ४ का रमेश रेउलेलाई यस्तो सजाय गरेको हो । रेउलेलाई गत असार ३० गते फालाबाङ्ग गाविस वडा नं. ४ अम्रैया स्थित ७० वर्षिय बृद्दालाई बलात्कार गरेको अभियोग लागेको थियो । र प्रहरीले गत भाद्र ०५ गते उनी विरुद्ध सल्यान जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गरेको थियो ।

प्रतिबादी रमेश रेउले र उनका बाबु बाजेको नाममा कुनै अचल सम्पति नदेखिएको भन्दै जरिवाना लगाइएको ५० हजार रुपैयाँ महिला तथा वालबालिका कार्यालय सल्यानबाट भराउन आदेश दिएको छ ।

यस्तो प्रकृतिको फैसला सल्यान जिल्लामा पहिलो पटक भएको सल्यान जिल्ला अदालतका नायब सुब्बा बिष्णुमणी उपाध्यायले जानकारी दिए  ।

प्रतिक्रिया दिनुहोस्