Logo

सल्यानमा जिप दुर्घटनामा, ३ जना घाइते



Spread the love

jeep_accident

सल्यानमा जिप दुर्घटना हुदाँ ३ जना घाईते भएका छन् । जिल्लाको बामे देखि सल्लीबजार आउदै गरेको जिप बामे ६ धाराको इरजमा आज बिहान दुर्घटना भएको छ ।

भे १ च २०३३ न को जिप दुर्घटना हुदा चालक सहित ३ जना घाइते भएका छ्न । घाइते हुनेमा चालक तथा गाडी मालिक बामे गाविस वडा न ६ बर्ष ३४ का राम बहादुर बस्नेत, सोही गाविस वडा ४ बर्ष २३ का महेश शर्मा र सोही वडाका बर्ष ५० का हस्त बहादुर महतरा घाइते भएका छ्न ।

घाइते सामान्य रहेकोले सबैको सन्जीवनी सामुदायिक अस्पताल सल्लीबजारमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय देवस्थलले जानकारी दिएको छ । साँघुरो र कच्ची सडकका भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्